Friday, July 29, 2016

गजल

तिम्रै वरिपरि हेर बग्दो बतासमा छु
जुन अनि तारालाइ सोध निलो आकाशमा छु

मेरो याद जतिबेला आउने छ तिमिलाइ
बोलाउनु तिम्रै आँखा नजिक आसपासमा छु


तिमि छट्पटि भै आत्तिएको सधै देख्दा
लाग्छ धड्कन अनि तिम्ले फेर्ने हर सासमा छु

कुनै दिन हामि दुइ जुनतारा बनि उदाउने छौ
त्यसै दिन दुइमुटु एउटै हुने आशमा छु

रामकृष्ण अनायास

गजल

हिले भुकम्प त कहिले भेल पसेर
जन्ता मरेका छन् सरकार ओझेल बसेर

बिचरा वालकहरू आमाको काख खोसिदा
हेरिरहेका थिए पुरिएको , पहाड खसेर


सिँहदरबार दिनरात मोटाउदै जाने हो भने
जन्ता आफै उठ्ने छन् एकदिन कम्मर कसेर

पैसाले भोट बिग्दैन बुझ्नुपर्ने थियो उसले
सोचेन पठाउछन् गाउँलेले उल्टै खरानि घसेर

रामकृष्ण अनायास

Sunday, March 20, 2016

गजल


यहाँ गरिवको कहिल्यै पसिनाको भाउ हुदैन
वेइमानको शहरमा इमान्दारिलाइ ठाउ हुदैन

सधै अस्मिता लुटिएका खबरले अखबार भरिन्छ
देशलाइ बलि दिने सज्जनको कतै नाउ हुदैन

यहाँ कैयौ रात नसुति भोकै मर्ने हरूपनि छन्
विचरा । ति नानि वाबुका आमा कोहि बाउ हुदैन

नागरिकता दिनपनि घुस माग्ने सरकारले
भन्छ गरीबको लेख्ने स्थाइ गाउ हुदैन

रामकृष्ण अनायास

गजल


उस्ले यसरि प्रेम प्रस्ताव राखेर गइ
केहि दिन बिचार गर्छु भन्दै चाखेर गइ

तिमिले संम्झियौ भने मुटु पठाइदिनेछु भन्थि
आज सम्म बिर्सेकै छैन थाहा भो गफ हाँकेर गइ

यो "रामु"आजसम्म कसैको भरमै पर्थेन
कस्तो भ्रममा पारि छ जानेबेला हाँसेर गइ

म कैयौ रात सोचेर बसे हाम्रो बिचमा के थियो
निष्कर्ष केहि निकाल्नै सकिन कस्तो नाता गाँसेर गइ

अचेल यहि हल्लाले बजार निकै तातेको छ'रे
अचम्म आफ्नै हराएको सुचना आफै टाँसेर गइ

रामकृष्ण अनायास

गजल


कैयौ बर्ष यता भोकै छ कर्णालि नुन नपाएर
छाड्छु भन्छ सरकार एकबर्षमा गरिवि घटाएर

जनता अध्यारोमा ज्युन बाध्य बनेका छन्
केहि दिनमै चमत्कार गर्छु भन्छ लोडसेडिड हटाएर

देश ठप्प भइ कालो बजारी यसरि मौलाउदा
सदनमा सफल घोषणा गर्छ सरकार सय दिन कटाएर

अचेल सुरक्षित छैनन् चेलिहरू आफन्त बाटै
कतिन्जेल गुजरा चल्छ र हिड्न नचाहेर

रामकृष्ण अनायास

गजल


कुनै दिन तिमिले मेरो प्रेम पत्र जलायौ भने
मौलाउनेछ तुलसिको बोटमा खरानि खनायौ भने

सोच्ने छु मेरो प्रेम सफल भएछ भनेर
अमर हुनेछ प्रेम केहि फल फलायौ भने

जव सम्म तिमि मनमा रहिरहने छौ
तव आस मर्नेछु त्यो निशानि ढलायौ भने

नछोड यसैगरि प्रेम पत्र जलाउन मेरो
ओइलाउने छ त्यो बोट फेरि हात कमायौ भने

रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु