Sunday, December 22, 2013

माया प्रेमको मामिला हो

शेरहरु

थुन्यौ दिलको कारागारमा धरौटीमा छाड बरु
रिहा गर तारिख धाउँला कि त आजै मार बरु

उल्टै रिट हाल्यौ मेरो अदालतमा बयान सहित
माया प्रेमको मामिला हो आजै तिमि हार बरु

मनमा थुन्छु प्रेम पत्र सबुत प्रमाण देखाएर
पछुताउनु पर्ला हेर मुद्धा यतै पार बरु

रामकृष्ण पौडेल ''अनायास''

यादले बादी पोल्छ

मुक्तक

आगोले भन्दा यादले बादी पोल्छ
आँसु का ढिकाले हेर यहि बोल्छ
मूल्य हुदोहोत आँसुको धनि हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ
''अनायास''

आँसु बगाएको सम्झिन्छु

गजल

एक्लै बसी तिमी सँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासी रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर

गजल

केवल मायाको जोडी रम्ने एक सहर खोज्दैछु
दुवै हराउने यहाँ मिठो प्रहर खोज्दैछु

प्रेमको प्याला पिलाएर बचाउनेछु साथ दिन्छौ भने
मेरो आँखामा जुदाएर हेर्न सक्ने मिठो नजर खोज्दैछु

बसन्तमा फक्रिएको कोपिलाझै यौवन आखिर
रंगीचंगी पुतलीको उड्ने जस्तै लहर खोज्दैछु

बाँचुन्जेल यौटै मुटु अमर जोडी बनाउन
हाम्रो देह पछि पिरतीको बग्ने नहर खोज्दैछु /


रामकृष्ण पौडेल अनायास

गजलकुञ्ज, भरतपुर





मेरो बेपत्ता पारिएको छोरो

गजल,

खै कहाँ छ देखाउ मेरो बेपत्ता पारिएको छोरो
भोटदिन्छु तिम्लाई फिर्ता गर्छौ भने मारिएको छोरो

काख रित्तो बनायौ सिंउँदो पुछ्यौ मेरी बुहारीको
मुख सम्म हेर्न दिएनौ पापी शारीर अन्तै छाडिएको छोरो

आफ्नै झोली भोर्छौ के बन्ला र संबिधान आखिर
लेख घोषणा पत्रमा व्युताई दिन्छौँ तिम्रो गाडिएको छोरो

मिठा कुरा गर्छौ जीत्छौ नसके हत्या,हिँसा गर्छौ
के दिन्थ्यौ र श्रीमति आमा बाट आज टाडिएको छोरो /

http://ramkrishnakapana.blogspot.com/
रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज, भरतपुर चितवन

पराईको सिउँदोमा हात म कसरि लान सक्छु



गजल, 

पराईको सिउँदोमा हात म कसरि लान सक्छु
नसोचहै डोली बोकी अन्तै आखिर जान सक्छु

संगै बाँच्ने संगै मर्ने बाचाकसम बिर्सिएर
सोच्न पनि सक्दिन है सबको जुठो खान सक्छु

मुटु धड्कन मैले फेर्ने हरेक स्वासमा तिमिनै छौ
के गरेर अरु संग स्वाहाग मैले मान्न सक्छु

बिस्वास गर नमान है शंका कत्ति यो मायामा
मनले दिन्न अरुलाई जिबन साथी ठान्न सक्छु

रामकृष्ण पौडेल अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु