Saturday, February 3, 2018

आमाको सेतो साडी

न झुल्किदै घाम अगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधि रात सम्म पेट धानेर
पिठ्युमा गरिबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोरा छोरीको
अनुहार देख्न पाइनन् /


समयले कैयौ लाइ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देश मुक्तिको लागि
घर छाडेका थिए

अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरो हरुले
मेरी आमाको सपना उडाएका छन्
धर्ति संगै,आमाका मनहरु
हल्लाएका छन् /

यो देशले मुक्तिको स्वास फेरिपनि
मेरी आमाको सेतो साडी
कहिल्यै फेरिएन

बिचरा !
अभावले बिचल्लित बनाएको मन
भित्र भित्रै आँसु ले पुरेर
सन्तानको मन भरेकी छन्

काम मा
माइला दाइको भाले नबास्दै
झोलुङ्गोमा बैनी लाइ सुताएर
कैयौ कोस टाढा पुगेकी आमा
जुनको उज्यालोले बाटो खोज्दै
तिखा ढुंगामा नाङ्गो खुट्टाले कुल्चदै
फर्किदा आँखा भरि आँसु पार्दै
बिर्सिएर पिडाहरु
दु:खलाई पन्छाउदै
सन्तानको भोक मेटाउछिन /

आज कैयौ युग बिति सक्दा
कलम कापी ल्याउने आश्वासनमा
हिजो त्यहि बाटो हुदै गएका
मेरा बा
अनि बा गए पछि
आमाको रातो साडी खोलियो
सदनको ढोका खोलियो
तर बा लाई गाउँको ढोला कहिल्यै खोलिएन /

रामकृष्ण अनायास

मन्दिर बनाउछु

ताज महल सक्दिन सानो मन्दिर बनाउछु
तिम्रै पुजा हुनेछ त्यहाँ यौटा तस्बिर बनाउछु /

म पर्खिने छु जिन्दगि भर तिमीलाई अब
अर्को जन्ममा पहिला आफ्नै तक्दिर बनाउछु /

आखिर चढ्नै परेछ भनेपनि शुलि चढ्ने छु हेर
तर तिमीलाई पाउने म पक्कै मन्जिल बनाउछु /

आमाको निद हराएको खबर


सहर पसे गाउँमा आफ्नै खेत घर हुदा
खुशी त उतै रहेछ बा आमाको भर हुदा

म आएको पहिलो रात यति त रोइन
त्यै रात आमाको निद हराएको खबर हुदा

बैनेले हिड्ने बेला पोको थमाउदै भनिथिइन्
दाइ भोक लाग्दा खानु है लामो सफर हुदा

मैले नाखायेरै राखेको छु आज सम्म पनि
फुकाउने सकिन खान कति रहर हुदा

जव राहदानी पैसा दलालमा डुवाएपछि
कहिल्यै फर्किन सकिन गाउँ,उतै नजर हुदा

गजल , सरकार बनायो ढलायो


गयो भत्ता पचायो मात्र तालि बजाएको छ
देशको आन्दानी छैन केहि महंगी बढाएको छ

देश बनाउछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफुलाई ठुलो महल बनाएको छ

यता जनता भोकै पालमा जीवन बिताउदा खेरि
राहात ल्याउछु भन्दै गएको,सदनमा निदाएको छ

सरकार बनायो ढलायो फाइदा आफै लुटेका छन्
बिचारा गरिबले देशको लागि रगत बगाएको छ
रामकृष्ण अनायास

गजल

 व हरायौ हावा सँग

व हरायौ हावा सँग अनि सोध्छु घाम सँग बतास सँग
जुन दिन देखे तारा सँग अनि सोध्ने गर्छु आकास सँग

अनि भन्यौ खोजि हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमि मेरो धड्कन सँग सास सँग

तिमि लाइ मुटु कलेजी दिन हर क्षण तयार थिए
त्यसैले यो समाज सँग लडेको छु जित्न साहास सँग

पाउन त हजार पाइन्छन् फरक यति हो मन मिल्नु पर्छ
बाँचीरहन्छन् युगौ युग प्रेम समन्ध,गाँसिए खास संग


 रामकृष्ण अनायास

Friday, September 1, 2017

बालकविता –खेलौँ डण्डीबियो

रमेशचन्द्र घिमिरे

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो
खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’ सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न
धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो ‘
बिना’ तिमी बैनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू
खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो
डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ
बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

सल्लाह सुझावको अपेक्षा राख्दछु