Friday, September 1, 2017

बालकविता –खेलौँ डण्डीबियो

रमेशचन्द्र घिमिरे

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो
खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’ सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न
धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो ‘
बिना’ तिमी बैनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू
खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो
डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ
बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

1 comment:

सल्लाह सुझावको अपेक्षा राख्दछु