Tuesday, December 6, 2016

मुक्तक,

पानि जति कन्चन होस् त्यसमा तिम्रो नाम लेखिदैन
ढुंगा जति कडा होस् त्यसमा लेखेको कहिल्यै मेटिदैन
उ भन्दैथ्यो तिमीलाई त्यो आकास पुरै ल्याइदिन्छु
जमिनमा बसेर त्यो जुन अनि तारा कहिल्यै भेटिदैन

गजल

प्यूउँछन् अनि चर्चा चलाउछन् उन्कै
धोका दिइ भन्दै तस्विर जलाउछन् उन्कै

नगर्नु गल्ति गरेछु भन्दै थप्छन् सराव
चढेपछि उल्टै तस्बिर सजाउछन् उन्कै

मुर्ति नै बनाई पुजा गरेको थे भन्छन्
पिंडामा छु भन्दै मुर्ति ढलाउछन् उन्कै

मेरो यारहरू जीवन एक्लै कटाउछु भन्दै
आफ्नै शरिर पिरै पिरले गलाउछन् उन्कै

रामकृष्ण अनायास

Friday, December 2, 2016

गजल,

लुकी लुकी नजर उतै लगाउनु को मज्जा
बेग्लै हुन्छ जिस्क्याउदै फकाउनुको मज्जा

एक अर्काको नाम लेख्दै हिड्यौ ढुंगा भरि
त्यहि बसेर आउथ्यो जुठो चखाउनुको मज्जा

कैयौ पटक भरे सिन्दुर बालुवामा खेल्दा
बेहुली बनि रुदा हुन्थ्यो हँसाउनुको मज्जा

हाम्रो माया साँची राख्न कैयौ पटक जादा
आनन्द ले लिन्थ्यौ मन्दिर धाउनुको मज्जा
#रामकृष्ण अनायास


गिति गजल 
तिमि गयौ पराईको डोली चढेर
 सिरमा रातो सिंदुरले सिउँदो भरेर 

जादा कस्ति भैछौ भनि हेर्छु भन्दा खेरि
 घुम्टोले मुख छोपि हिड्यौ पारि तरेर 

तड्पिएरै बसेकोछु तिमि गए देखि 
मनाएकी हौलि सुहाग सँगै बसेर

Thursday, December 1, 2016

गजल

पढाएरै ठुलो बनाउछु छोरो भन्थे,बा लाइ कहिल्यै टेरिएन
अगेनामा भात कुरेकै हुन्थिन, आमाको मन कहिल्यै फेरिएन ।

आँसु झारेरै रात कटाउथे ख्वाउथे आफु भोकै बसेर पनि
अहिले पछुताएर के गर्नु आमा बा को ममता कहिल्यै देखिएन ।

सधैं सपना बन्यौ हामि त्यसैले हाम्रै पछि लाग्नु हुन्थ्यो
तर म खुशि खोज्न अन्तै लागे काखमा कहिल्यै खेलिएन ।

जमनाले अन्धो बनाएर आधुनिकतामा डुब्दा सम्म
बा कै उमेरमा आउदा थाहा भो,बिचमा उठेर कहिल्यै हेरिएन ।

@ रामकृष्ण अनायास

गजल

भँवरा हरू बाटै फुलको जवानी लुटिन्छ
जल्दाजल्दै लाशको घाटबाटै खरानि लुटिन्छ

मेला गएकि आमा घर कहिल्यै नफर्के पछि
त्यो बालकको सुत्ने काख अनि शिरानि लुटिन्छ

परदेसिएको बावु पनि बाकसमा अचानक आउदा
बिचरा आफ्नो बावु आमाको निशानि मेटिन्छ

आफ्नै प्रेमिका सँग पिर व्यथा पोख्दा यहाँ
विहानि नहुदै दु:खको कहानि लुटिन्छ

@ रामकृष्ण अनायास

गजल

डाउछ कि त मेरै घरको धुरी डर छ मन भित्र
किन यसरी चलिरहेछ हुरी डर छ मन भित्र

मलाई ज्युदो लास बनाउनेकै माया मुटुमा
किन छ यसरी मुरी का मुरी डर छ मनभित्र

अब कहिल्यै नभेट्ने भनेर छुट्टिएका हरुलाइ
भेट्न कस्तो आतुरी डर छ मनभित्र

किन फ्यालिन जन्माएर आमाले मलाई नालिमा
कतै ठुलै थियो कि त मजबुरी डर छ मन भित्र


अचेल म बच्चाहरु रोएको आवाज सुन्दिन
साच्चै भएकी त निष्ठुरी डर छ मन भित्र।


@मुक्तक 
बितेका कुरा याद आउँछ ऎना हेर्यो भने
तब मात्र पूरा याद आउँछ ऎना हेर्यो भने।

खाली मात्र मेरो सिउदो बाकी थियो तिम्ले भर्न
सपना अधुरा याद आउँछ ऎना हेर्यो भने।

#नयन

सल्लाह सुझावको अपेक्षा राख्दछु