Sunday, March 20, 2016

गजल

सरकार हेर्दै छ जन्तालाइ अभाव देखाएर
सत्ता टिकाउनु छ भन्छ जवाफ देखाएर

अनेकौ सपना देखाउछन् झुपडीका जन्तालाइ
अनि चुनाव जित्नेछन् कैयौ प्रभाव देखाएर

तस्करहरू यसरि बावुनानिको प्रयोग गरिरहेका छन्
अवैध धन्दा गराउछन् हातमा किताव देखाएर

ओत बस्ने खरको छानो एक छाक जनताको
खाने गासमा लगाउदै कर लिन्छ दवाब देखाएर

रामकृष्ण अनायास

क्रान्तिकारि मनमाया

हिजो आमाहरू अध्यारो कुवाँ बाट
चिहाउदै मनमनै कल्पना गर्थे होलान्
यो जंजिरले बाधेको संस्कार
निरंकुसताको शासन भित्र
कतिन्जेल सिमित रहला

परम्मरा र धर्मको नाममा लादिएका मेरी आमाहरू
शिरै माथिको तातो घामले डामेर
चैतको सुख्खा खडेरि को जमिन जस्तो
चरचर सुकेको मुखमा
अर्ग्यानिक झोलमा मात्तिएका बाबुहरूको
आफ्नै स्वतन्त्र लाइ कुल्चिएका
पाउ भिजेको
पानिले मुख भिजाउदा
सन्तुष्टिको भन्दा मुक्तिको
महसुस गर्थे।

मेरी आमाहरू जसरी
कुँजिएका थिए
छट्पटाइ रहेका थिए
कालो च्यादरले ढाकिएको अन्धकार भित्र
जसरि
निसास्सिरहेका थिए

म मेरि मनमायालाइ भन्ने छु
किताब भित्र लेखिएका स्वतन्त्रता र
नारिका हकका मन्त्रहरू
पढेर नबस


उठ अनि भत्काउ
ति नारिका नाममा लगाइएका बारहरू
च्यात ति काला च्यादरहरू
उठाउ रातो झन्डा
अनि गर बिजयको शंखघोष

हिजो हाम्रि आमाहरू
जुन
हैकमि आदेश भित्र पेलिएर
आफ्ना ईच्छा चाहनालाइ
मन भित्रै कुन्ठाएर पाल्नु परेको थियो

धर्मको नाममा नारिलाइ बन्देज बनाएर
जौ,तिल सँगै अग्नि कुण्डमा होमेर
तातो रापमा आगो ताप्ने हरू
शासक र सामन्ति हरूको
मगज परिवर्तन गर्न
आज तिमिले क्रान्ति गर्न
जरूरि छ मनमाया

हो मनमाया
तिमिले नया ईतिहाँस कोर्नु छ
सदियौ देखि
दबिएर बस्न अभिशप्त मेरि आमाहरूका
ईच्छा,आकाङछा पुरा गर्न
जुन अभिभारा तिमिलाइ सुम्पेको छु
त्यो समाजका कैयौ छोरिहरूको
उन्मुक्तिको बाटो बन्नेछ

भोलि बन्ने कैयौ आमाहरू
त्यो स्वतन्त्रताको फराकिलो आकाश हुदै
बन्द रहेको क्षितिज
उघार्न जानेछन्
इतिहाँसको पानाभरि
ठुला अक्षरमा तिम्रो नाम रहिरहनेछ
क्रान्तिकारि मनमाया


रामकृष्ण अनायास 

तस्बिर - @copyrite

Wednesday, January 6, 2016

साइबर युग र प्रेम


कविता
तिमि र म त्यतिबेला पुग्थ्यौ
जतिबेला घाम डुबुल्की मारेर
नदिबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो
जसरि यौवनले भरिएकी युवती
पानीले भिजेको जिउमा टाँसिएका कपडाले
सरिरलाइ देखाएको सुन्दरता र
धर्ति एउटै देखिए झैँ लाग्छ /
आज पनि उही किनार उही बालुवा
अनि हाम्रो प्रेमको महल बनाएर
भत्काउनु थियो
कुनै अपसोच थिएन
जति बालुवाको महल भत्कन्थे
त्यतिनै हाम्रो प्रेमका जराहरु
हृदएमा तरंगित हुदै फैलान्थ्यो,


उत्तर तिर उभिएका कुमारी हिमालहरु
एक टकले हेरिरहदा
हाम्रो प्रेमले पग्लिन्थे
हाम्रो मनमा उठेका खुशीका उभार हरुले
नदीमा जसरि उर्लिएका छालहरुले
हाम्रो महल भत्काउथ्यो त्यसै गरि
हामि बिचको बारहरु भत्काएर
एक अर्कामा प्रवेस गर्थ्यौ
घाम पनि लजाएर ओजेल पर्थ्यो,

मनमाया तिमीलाई थाहा छ ?
अचेल साइबरमै
नदि,नाला,किनार
अनि
बालुवाकै घर बनाएर
प्रेम गरिन्छ अरे नि ! 

"मनमाया प्रति प्रश्न गर्छिन "

के हाम्रो जस्तो प्रेम पनि साइबरमा गरिन्छ ?
हो मनमाया,
तिमीले मलाइ र मैले तिमीलाई
ह्रदयको अन्तरात्मा बाट आएको
शक्तिबाट प्रेम गरिन्छ
तर,
त्यहाँ गुगलले दिएको शक्तिबाट
प्रेम गरिन्छ,
उनीहरु शारीरका रंग संग खेल्छन्
हामि अन्तरआत्मा बाट निस्केको
मिठो संगीत संग खेल्छौ/

हो मनमाया साइबर युगको प्रेम

तिम्रो हाम्रो युगको प्रेम
खोलाका किनार जस्तै कहिल्यै मिल्दैनन्
हाम्रो प्रेम अजम्बरी बलिरहन्छ
तर साइबर युगको प्रेम 
बत्ति गएपछि चारैतिर अध्यारो छाउछ
अनि समाप्त हुन्छ /

हाम्रो प्रेमको सुगन्धले धर्तिनै
मगमगाउछ
साइबर युगको प्रेममा
अत्तरको कृतिम बासनाले
सबैलाई एलर्जी गराउछ मनमाया /

त्यसैले
मेरो देशको माटो
यी हिमाल,पहाड,खोला,नाला संगै
लुटपुटिदै लुकामारी खेल्दै
जव प्रेमको बिउ उमारिन्छ
भोलि त्यै हाम्रो साँचो प्रेमको साँची हुनेछ मनमाया /

रामकृष्ण अनायास
कविडाँडा









शिर्षक - बैठक

कविता 
शानदार होटल भित्र 
पशु अधिकारबादि हरूको
एक भब्य मिटिड• हुदैछ 

वेटर ले अर्डर लिन्छ,
 कसैले चिकन,मटम कसैले
 बफ आइटमको अर्डर गर्छन्

 बिचैमै एक जना भद्र उठेर 
भन्छन्
 "पशुको हत्या गर्नु अपराध हो" 
ठुला ठुला बिचारहरू प्रस्तुत हुन्छन्
 चिसो लागेको गुनासो पोख्दै
 फेरि अर्का व्यक्तिले
 वेटरसँग बफ सुप माग्छन्
 सँगै माग्छन् टाउको फ्राई

 बहस जारिनै छ
 प्रस्तावहरु आउछन्
 १ साइकलमा उधोमुन्टो लगाएर कुखुरा बोक्न बन्द गर्नु पर्छ /
 २ राँगा गोरू बाट चल्ने बयल गाडा बन्द गर्नु पर्छ  / 
३ अव दशैं तिहारमा हुने काटमार रोक्नु पर्छ । 
उक्त प्रस्ताव उपर छलफल गरी
 निम्न कार्यहरू गर्न गराउन बन्द गर्ने 
निर्णय गरियो । 

रामकृष्ण अनायास

शिर्षक - आमा

कविता

बिहानै देखि गुँड छाडेर 
अग्लो डाँडाले सुर्यका किरणलाई
ओझेलमा नपार्दै
भुर्र गर्दै चुच्चोमा च्यापेर
चारो ल्याइ बचेरालाइ पालै पालो ख्वाएको
म नियाली रहदा
मेरी आमाको जुनको उज्यालोमा
परेको मधुरो छाया देख्छु
यस्तै
धेरै दिनहरु मारिसकेको छु मैले
भर्खर पिठ्युमा बोकेर फ्याकिएको
गरुङ्गो डोको
जसरि आमाले पिठ्युमा अडाउनु भएको थियो
त्यसैगरी
गलेर लाल्याङ लुलूङ भएको शारीर
थचक्क बस्दै गर्दा
आमालाई आढ़ दिएको छ /

भोकले खुम्चिएको मुख र
बटारिएको पेट हातले समात्दै 
म आमाको पसिना अर्को हातले पुछ्दै
आमाको भोक र पिंडाको कल्पना गर्दै
लुत्रुक्क काखमा निदाउछु /

जसरि कालो बादलले पानि बोकेर हिडछ
जसरि पृथ्बीले हजारौ भारहरु थाम्छ
त्यसरीनै मेरा लागि सपना र
नौ महिनाको भार थाम्नु भएको छ /

म सोच्ने गर्छु त्यो आमाले पिस्ने गरेको जाँतो
जसरि घोटिएर पातलो भएको छ
आमा पनि त्यसैगरी खिइनु भएको भए
अस्तिनै सकिनु हुन्थ्यो /

एक सरो लगाएर आधा गासले
दिनभरी पसिना चुहाउदै
पट्पटि फुटेको बाँझो गरामा
पसिनाले भिजाएर दिनहु सपनाहरु फलाउनु हुन्छ /

समुन्द्रको गहिराइ र पहाडको उचाइ
पनि कम लाग्छ
तर मेरी आमाको मन
त्य भन्दा कैयौ दोब्बर छ
आधा गुन्यो च्यातेर मलाइ भोटो
बनाइ दिदा म खुशीले बुरुक्क उफ्रदै
जुन टिप्न खोज्थे /

काँडाले घोचेर रक्ताम्य हुदापनि
औसेलु र कटुस
मेला बाट फर्किदा कहिल्यै छुटाउनु भएन /

बलेसीमा तप्किएको पानीको मिठो आवाज
र नारायणी सुस्काउदाको मधुर संगीत ले
आफ्नै मनलाई आनन्द तुल्याउदै
कैयौ रात जीवनका कथा सुनाउनु भएको छ /

गुराँस र लालुपाते ढकमक फुलेर
पहाड ढाक्दा पनि
आमाको अनुहारमा रातो,पहेलो हरियो
कुनै रंगका फुलहरु फुलेनन्

बर्षौ पिच्छे बिरुवाले पालुवा फेरिपनि
आमाको जीवनमा सुखका बिहान कहिल्यै पलाएनन् /

आमा बाह्र बर्षमा खोला फर्किन्छ
कुनै दिन हजुरले भन्नु भएको थियो
म त्यहि दिन को प्रतिक्षामा छु
तपाइँका रगताम्मे पैतालाले पखालिएका
ढुंगा हरुले छानो भएको घर बनाउछु /

हो म
तपाईको मनमा निभेको दियो
बालेर यो संसारलाई तपाइको उज्यालोले
नया बिहानी बनेर ब्युताउने छु
आशाका पालुवाहरु पलाउने छन्
मन भित्र गुराँस र लालुपाते फुल्नेछन्

ति सुन्दर सपनाका फुलहरुले
जीवन रंगाउने छ,
म सधै हजुरको गुन्युले सिएको भोटो
सिरानीमा राखेर मेरा सन्ततिको
सुन्दर भबिष्यको कल्पना गर्ने छु /
रामकृष्ण अनायास
कविडाँडा

Thursday, December 24, 2015

अनायासका पानाहरु : शिर्षक - प्रश्न

अनायासका पानाहरु : शिर्षक - प्रश्न: कविता जहाँ तिम्ले र मैले एउटै सपना देखेका थियौ लुकामारि खेल्दा कैयौ पटक अंगालोमा बेरिएका थियौ जुन आकाशको बिचतिर पुग्दा पनि हामि ताराहरू...

सल्लाह सुझावको अपेक्षा राख्दछु