Sunday, September 6, 2015

गजल

उस्ले पनि ठुलो सपना देखेको हुदोहो
आमा भन्दै बाँच्न गोलि छेकेको हुदोहो

मार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो

भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको हुदोहो

उस्को खुनबाट चन्द्र सुर्य यसरि बन्दा
भाग्यमै पहिलो बालशहिद लेखेको हुदोहो

अपराधि खुलेआम भाषण गर्दैछ सदनमा
कस्तो बन्छ खै त्यस्ले पनि संबिधान केरेको हुदोहो

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज ,भरतपुर

Tuesday, July 21, 2015

गित

मुस्कुराउदा तिमि अचेल बसन्तको फुल लाग्छ 
सपनिमा नदेख्दा नि मेरै ठुलो भुल लाग्छ /

बिहानिको शित बनि घाम सँगै उदाउदा
दुइ मुटु माया जोड्ने आँखा पनि पुल लाग्छ /

बैस फक्रि शरिरबाट सुगन्धको सुवास आउदा
संसारसारा बिर्सिदिन्थे मंगमगाउने राग आउदा
-
-
जल्छ सारा यो दुनिया तिम्रै रूप हेर्दा खेरि
अप्सरा नि डाहा गर्छन् तिम्ले बस्त्र फेर्दा खेरि
-
-
अदर हाँसो मुस्कान अनि नसालु ति नयन तिम्रो
शब्द छैनन् बर्णन गर्न पुग्दैनथ्यो बयान तिम्रो
-
-
शब्द रचना - रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज

२०७२-३-२२

मुक्तक

दुइ मुटु मिलेपछि माया लायिदो रहेछ
जिवन चलाउन थोरै पैसा चाहिदो रहेछ
तँ आँट म पुर्याउछु भन्छन भगवानले
साँच्चि आँटेर हेरेको सोचेको पायिदो रहेछ


गजलका दुइ शेर
सबको नजरमा मलाइ दोशि बनाएर
के के गर्यौ थाहा छैन बेहोसि बनाएर

प्याला प्रेमको अनि मदिरा पिलाइ
लुट़़्यौ सारा जवानि मदहोसि बनाएर

गजल

बाँच्नको लागि केहि गर्नु पर्छ यहाँ
साँच्चि गरिब भोक-भोकै मर्नु पर्छ यहाँ
पसिनाले गर्हो भिजाउदै मानो उब्जाउछ
त्यहि पनि साहुँलाइ लगान भर्नु पर्छ यहाँ

कैयौ रात बितिसक्यो ननिदाएको हे प्रभु !
कतिबेला मर्ने हो बास सर्नु पर्छ यहाँ

रातारात नून सुनको मुल्यमा पुगेपछि
हातमुख जोर्न साहुकै शरण पर्नु पर्छ यहाँ /

रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज

गजल

तिम्रो एक मुस्कानले शहर खलबल बनाइदियो
बारम्बार याद आउने कस्तो तलतल बनाइदियो

जताततै एउटै चर्चा सुनिन्छ बजारमा
बिषयवस्तु एउटै थियो ठुलै छलफल बनाइदियो

टोलाउदै हेरि बस्दा चेहेरा सबका मलिन थिए
एकाएक आगमनले मुहार झलमल बनाइदियो

"अनायास"ब्युझन्छ राति मौका छोपेर भन्न
अगावै पुगेको लामले आँखा टलपल बनाइदियो

रामकृष्ण पौडेल "अनायास"
गजलकुञ्ज

Monday, April 13, 2015

नया बर्षको शुभ-कामना

उमंग रंग अनि जोवानी बोकेर आएकी छे 
बिहानीको उषा संग लालि पोतेर आएकी छे

भित्ताको पुरानो क्यालेन्डर निकालेर फ्याक्दै 
आफु बस्न एक बर्ष तोकेर आएकी छे /

उ बदल्दै आउछे आँखा अगाडी पुरानो बस्त्रहरु
आउदा बाटोभरि फरिया पोखेर आएकी छे /

यो साल शुभ हुनेछ पक्कै उन्ले भन्दै थिइन
किनकि दुख र संकट लाई उतै रोकेर आएकी छे /
रामकृष्ण पौडेल ''अनायास''

सल्लाह सुझावको अपेक्षा राख्दछु