Tuesday, July 21, 2015

गजल

तिम्रो एक मुस्कानले शहर खलबल बनाइदियो
बारम्बार याद आउने कस्तो तलतल बनाइदियो

जताततै एउटै चर्चा सुनिन्छ बजारमा
बिषयवस्तु एउटै थियो ठुलै छलफल बनाइदियो

टोलाउदै हेरि बस्दा चेहेरा सबका मलिन थिए
एकाएक आगमनले मुहार झलमल बनाइदियो

"अनायास"ब्युझन्छ राति मौका छोपेर भन्न
अगावै पुगेको लामले आँखा टलपल बनाइदियो

रामकृष्ण पौडेल "अनायास"
गजलकुञ्ज

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु