Tuesday, July 21, 2015

गजल

बाँच्नको लागि केहि गर्नु पर्छ यहाँ
साँच्चि गरिब भोक-भोकै मर्नु पर्छ यहाँ
पसिनाले गर्हो भिजाउदै मानो उब्जाउछ
त्यहि पनि साहुँलाइ लगान भर्नु पर्छ यहाँ

कैयौ रात बितिसक्यो ननिदाएको हे प्रभु !
कतिबेला मर्ने हो बास सर्नु पर्छ यहाँ

रातारात नून सुनको मुल्यमा पुगेपछि
हातमुख जोर्न साहुकै शरण पर्नु पर्छ यहाँ /

रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज

गजल

तिम्रो एक मुस्कानले शहर खलबल बनाइदियो
बारम्बार याद आउने कस्तो तलतल बनाइदियो

जताततै एउटै चर्चा सुनिन्छ बजारमा
बिषयवस्तु एउटै थियो ठुलै छलफल बनाइदियो

टोलाउदै हेरि बस्दा चेहेरा सबका मलिन थिए
एकाएक आगमनले मुहार झलमल बनाइदियो

"अनायास"ब्युझन्छ राति मौका छोपेर भन्न
अगावै पुगेको लामले आँखा टलपल बनाइदियो

रामकृष्ण पौडेल "अनायास"
गजलकुञ्ज

Monday, April 13, 2015

नया बर्षको शुभ-कामना

उमंग रंग अनि जोवानी बोकेर आएकी छे 
बिहानीको उषा संग लालि पोतेर आएकी छे

भित्ताको पुरानो क्यालेन्डर निकालेर फ्याक्दै 
आफु बस्न एक बर्ष तोकेर आएकी छे /

उ बदल्दै आउछे आँखा अगाडी पुरानो बस्त्रहरु
आउदा बाटोभरि फरिया पोखेर आएकी छे /

यो साल शुभ हुनेछ पक्कै उन्ले भन्दै थिइन
किनकि दुख र संकट लाई उतै रोकेर आएकी छे /
रामकृष्ण पौडेल ''अनायास''

Sunday, March 15, 2015

गजल

उस्ले परिवारको पेट र अरूको मन भरेकि छ
विचरा छोराछोरि र बुढि आमाको सुसार गरेकि छ

उस्लाइ कहाँ रहर हुदोहो ईज्जत बेचेर पैसा कमाउने
किन यो समाजले वुझ्दैन उ बाध्यतामा परेकि छ

पोहोर सौभाग्य खोसिएपछी कैल्यै सुरक्षित हुन सकिन
त्यसैले लुटिनु भन्दा बरू आज भिन्नै बाटो झरेकि छ

पत्थर लाइ देवता र दुर्गा सहजै बिश्वास गर्छ यो समाज
के थाहा नारीको पिडा उ कति पलपल मरेकि छ
रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज भरतपुर

Monday, March 2, 2015

मुक्तक

मुस्कान देखाएर मुटु बदलामा लग्यो
कुनै दिन फर्केर आउने कवालामा लग्यो /
उ आउछ अनि यसरि तनाव दिएर जान्छ
मलाई छाडेर जोवानी फैसलामा लग्यो /

रामकृष्ण पौडेल ''अनायास''

गजल

लग्यो आफु संग एउटा मुटु अभाव देखाएर 
आखिर जाने बेला गयो थोरै रवाफ देखाएर /

साँची प्रेम गर्न हिड्छ हातमा गुलाफ बोकेर 
उ खुलेआम हिडेको छ नकाब देखाएर /

उसले आँखामा डुवाउछ ओठमा मुस्कान छरेर 
अनि दाउ आफै तिर पार्छ थोरै दवाव देखाएर /

उ दिल चोरेको अभियोगमा थुनिन्छ कारागारमा 
छुट्छ मायाप्रेमको मामिला भन्दै जवाफ देखाएर /

@ रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु