Friday, July 4, 2014
मनमाया र मेरी आमा
सुत्केरी ब्याथाले चिच्याई रहेकी मनमाया
आफ्नो मुर्त्युको कल्पना गरिरहेकी छ
बाँच्ने बिस्वास हराएको छ उसलाई
दुखाईको पिंडा दोब्बर भएर होला
डाक्टरहरु तैनाथ छन्
अस्पतालले गगन छुनै आँटेको छ
ढोकामा आफन्तको घुईचोले
खचाखच भरिएको छ
सबैका हातमा दुध,हर्लिस,फलफुल,कपडा
बोक्नैनसक्ने गरि लिएका छन्
बाबु को दर्जा पाउनै लागेको खुशीमा
हर्के बिस्व युद्ध जितेको अनुभव गर्दै
आफु सफल पुरुषको कल्पना गर्दै छ,
मनमा सुनको महल बनाउदै
आकास,जुन,तारा सबैले सजाउदै छ
हर्केको मन महंगा स्कुल,कलेज
महँगो शिक्षाको खोजीमा जुटिसक्यो
सायद उ संग टन्न पैसा भएर होला /
हर्केको जीवन देखेर
मेरी आमा कथाकी पात्र र
आमाको कहानी कथा जस्तो लाग्नु
मैले स्वाभाविकै ठान्दछु /
उचाइ ले गगन छुन लागेको पहाडमा
घाँसका भारि बोकेर
काँडा घारी छिचोल्दै
नाङ्गा खुट्टा बाट बगेका
रगतका नालाले तिखा ढुंगा पखाल्दै
रगताम्य गुन्युंमा मलाइ पोको पारेर
एक हातले च्याप्दै
र
अर्को हातले भित्तो समाउदै
जंगली जनावरलाई चुनौती दिदै
घर सम्म ल्याई
तातो पानि सम्म खान नपाएकी आमाले
आफ्ना स्तन निचोर्दै
मेरो मुख भिजाएकी थिइन्
त्यति बेला मेरी आमालाई
अस्पतालको महँगो बेड,डक्टर र
भेट्ने आफन्त सबै
सपना जस्तो थियो /
म निर्बस्त्र जमिनको धुलोमा
पछारिदै लड्दै कुकुरका छाउरा संग
खेल्दै हुर्की आज बयस्क आकारमा
आइपुग्दा
आफैलाई सपना जस्तै लागिरहेको हुन्छ
मेरा बा
लाहुरबाट फर्किदा
म छानो बिनाको पाठशालामा
बाह्रखरी सिक्न सक्ने भएको थिए
आमाले आफ्नो धोति च्यातेर
भोटो सिलाएर लगाईदिदा
गर्भले छाती फुलेर फुट्ला जस्तो हुन्थ्यो
जन्मिन नपाउदै न्यानो कपडाले
ढाकिएको मनमायाको छोरो
अझै बिरामी हुने डरमा
कैयौ रात नसुति
धेरै बिहानीहरु जन्माई रहेको छ हर्के /
रामकृष्ण पौडेल ''अनायास''
कबिडाँडा,भरतपुर
Wednesday, June 4, 2014
मुना र मदन
सवाल
यस्तो बस्ति बसाउँ 'मञ्जु'जहाँ चमत्कार होस्
केवल त्यहाँ तिम्रो र मेरो छुट्टै संसार होस्
खालि पेट भरिन्छ चोखो माया साटियो भने
प्रेममा दुई चिज बिस्वाश र ईमान्दार होस्
चकित पर्ने छन मुना र मदन पनि अब
भन्ने छन् हाम्रो देखेर यस्तो पो प्यार होस्
हाम्रो आँखा बाट विश्वा देखाउनु छ अब
केहि गर्नु पर्छ भन्ने सबैको विचार होस्
यस्तो बस्ति बसाउँ 'मञ्जु'जहाँ चमत्कार होस्
केवल त्यहाँ तिम्रो र मेरो छुट्टै संसार होस्
खालि पेट भरिन्छ चोखो माया साटियो भने
प्रेममा दुई चिज बिस्वाश र ईमान्दार होस्
चकित पर्ने छन मुना र मदन पनि अब
भन्ने छन् हाम्रो देखेर यस्तो पो प्यार होस्
हाम्रो आँखा बाट विश्वा देखाउनु छ अब
केहि गर्नु पर्छ भन्ने सबैको विचार होस्
नजर पक्कै लागेको होला
रामकृष्ण पौडेल ''अनायास''
मलाई मेरा यारहरु ले सोधिरहेका छन् सानु
तिम्रो र मेरो सम्बन्ध खोजिरहेका छन् सानु
समाजलाई यस्तो उत्तर दिनुछ अब कोहिबोल्न सक्ने छैनन्
ठुलै अपराध गरिस भन्दै दोषीरहेका छन् सानु
कोहि गाउँनै छाड् भन्दै थिए कि त भित्त्त्रा भन्दै थिए
निर्णय सुनाईदेउ तिम्ले एउटा रोजीरहेका छन् सानु
यो पबित्र मायामा नजर पक्कै लागेको होला
आफु जलेर हाम्लाई आगो झोसीरहे छन् सानु
सत्यले सधै जित्नेछ त्यसैले ढुक्क थिए म त
ईत्यालु हरुले आज खुट्टा ढोगीरहे छन् सानु
आफु जलेर हाम्लाई आगो झोसीरहे छन् सानु
सत्यले सधै जित्नेछ त्यसैले ढुक्क थिए म त
ईत्यालु हरुले आज खुट्टा ढोगीरहे छन् सानु
Saturday, May 31, 2014
दिक्क छन् जनता यो सरकार देखेर
गजल
दिक्क छन् जनता यो सरकार देखेर
हाँस्नै छाडे अभिनय हरवार देखेर /
नुन र सुनको मूल्य बराबर बनेपछि
जो कोहि रुन्छन् आफ्नै घरवार देखेर /
होसियार हुनुपर्छ आज सत्तामा पुग्नेहरु
जन्ता डराएका थिए हिजो तरवार देखेर /
जो कोहि रुन्छन् आफ्नै घरवार देखेर /
होसियार हुनुपर्छ आज सत्तामा पुग्नेहरु
जन्ता डराएका थिए हिजो तरवार देखेर /
राजा हटेपछी नेतालाई दशैँ आएको छ
सपना देख्न थालेकाछन् खालि दरवार देखेर /
रामकृष्ण पौडेल''अनायास''
गजलकुञ्ज
सपना देख्न थालेकाछन् खालि दरवार देखेर /
रामकृष्ण पौडेल''अनायास''
गजलकुञ्ज
Saturday, May 24, 2014
कविताको जन्म कविकुनामा
कविता
कविताको जन्म कविकुनामा नियतिको बादलले छेकेको
एउटा घाम
धर्तिलाई चुम्बन गर्नको निम्ति
आकासको पर्दा च्यातेर
क्षितिज बाट चिहाई रहेको छ /
घामको लाली पोतेर
एक हुल भेडा चराउदै
बेशी बाट झेरेकी मनमाया
आफ्नो यौवनको मातलाई
बुट्टेदार चोलीले सजाउदै
टुटेफुटेका गीतमा रमाईरहेकी छन् /
यता
बिचार ! हर्के दाई पुन्पुरोमा हात लगाउदै
आफ्नो नाङ्गो आँखा बाट
संबेदनाको झोल बर्साउदै
हिजो असिनाले कुटेको
कोदोबारी नियाल्दै
दाँजेका छन्
गर्भ बाटै भ्रुणको हत्या भएको
आज आफ्नै सपनाको मलामी जान
बिवश छन् हर्के दाई /
खडेरीले फुटेको बारीका कान्लामा
कोदालोले सपनाहरु खोस्रीदै
निदारबाट बगेको नहरले
सिचाई गराउदै
अन्न फलाउछन् आफ्नै मनहरुमा
हर्के दाई !
विवस छन् कैयौ हर्केहरु
ब्याडमा आँसु र पसिनाको
बिउ छरेर आशाका मुनाहरु
नउम्रदै मार्नु परेको पिडा
हृदयलाई सुनाउदै कैयौ बिहानी
जन्माएका छन् /
दिनभरी थाकेका एकहुल कवि मनहरु
दिनभरिको थकान र पेलानले
दिक्क भई साँझमा जम्मा भएर
कविकुनामा लामो सास फेर्दै
आफ्ना हाकिमले जुवामा बाँधेर
पुच्छर निमोठी काममा दौडाएको पिंडा
एक अर्कामा सुनाउदै
सिसीको बिर्को खोलि गिलासमा
भागबन्डा गरेर प्युनमा मस्त हुन्छन्
अनि आजको बहसमा
मनमाया र हर्केका जीवन कहानीका
कैयौ कविता हरु जन्माउछन्
कविकुनामा कविहरु /
रामकृष्ण पौडेल ''अनायास''
कविडाँडा, भरतपुर
Subscribe to:
Posts (Atom)





