Sunday, March 15, 2015

गजल

उस्ले परिवारको पेट र अरूको मन भरेकि छ
विचरा छोराछोरि र बुढि आमाको सुसार गरेकि छ

उस्लाइ कहाँ रहर हुदोहो ईज्जत बेचेर पैसा कमाउने
किन यो समाजले वुझ्दैन उ बाध्यतामा परेकि छ

पोहोर सौभाग्य खोसिएपछी कैल्यै सुरक्षित हुन सकिन
त्यसैले लुटिनु भन्दा बरू आज भिन्नै बाटो झरेकि छ

पत्थर लाइ देवता र दुर्गा सहजै बिश्वास गर्छ यो समाज
के थाहा नारीको पिडा उ कति पलपल मरेकि छ
रामकृष्ण पौडेल "अनायास"
गजलकुन्ज भरतपुर

Monday, March 2, 2015

मुक्तक

मुस्कान देखाएर मुटु बदलामा लग्यो
कुनै दिन फर्केर आउने कवालामा लग्यो /
उ आउछ अनि यसरि तनाव दिएर जान्छ
मलाई छाडेर जोवानी फैसलामा लग्यो /

रामकृष्ण पौडेल ''अनायास''

गजल

लग्यो आफु संग एउटा मुटु अभाव देखाएर 
आखिर जाने बेला गयो थोरै रवाफ देखाएर /

साँची प्रेम गर्न हिड्छ हातमा गुलाफ बोकेर 
उ खुलेआम हिडेको छ नकाब देखाएर /

उसले आँखामा डुवाउछ ओठमा मुस्कान छरेर 
अनि दाउ आफै तिर पार्छ थोरै दवाव देखाएर /

उ दिल चोरेको अभियोगमा थुनिन्छ कारागारमा 
छुट्छ मायाप्रेमको मामिला भन्दै जवाफ देखाएर /

@ रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

Wednesday, February 25, 2015

मुक्तक ,

याद आउछ उनको अनि सताउछ,हरपल
तस्बिर हेर्छु एकै छिन मेटाउछ तलतल
कस्तो रोग हो यो जताततै तिमिनै देक्छु
जागिर नै जाने प्रिय फोन नगर है पलपल /

मुक्तक ,

आउँछन सुटुक्क माया लगाउछन् जान्छन
रातमै निशानी छाडेर फकाउछन् जान्छन /
भन्दै थ्यो फकाउनु अगाडी म तिम्रै हो भनेर
काम कुरा सकिए पछि छकाउछन् जान्छन /
''अनायास''

सवाल

याद दिलायौ मन्दिर देखाएर पिरती साटेका कुरा
कसैलाई नभन्नु भनेकी थियौ दुवैले हात काटेका कुरा /

हिजो तिम्रो र मेरो पुतलीको बिहे गराएका थियौ
सम्झन्छु तिम्रो सिउदो बालुवाले भर्न आँटेका कुरा /

कहिले पिरतीमा दुब्थ्यौ अनि हराउथ्यौ आफै भित्र
अचेल आँखामा घुमिरहन्छ त्यति बेला मातेका कुरा /

घन्टौ पर्खिन्थ्यौ नारायणी किनारमा भेटहुदा ठुस्स पर्थ्यौ
कत्ति सम्झन्छु आज तिमीलाई फकाउन ढाँटेका कुरा /

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज,भरतपुर

सल्लाह सुझावको अपेक्षा राख्दछु