Sunday, April 23, 2017

गजल



गरिबको घर चुहिने छानो भाटा कहिल्यै फेरिएन
हिजो बावु आज नाति त्यै किताव, गाता कहिल्यै फेरिएन

आउछन् भोट माग्छन् जान्छन् जन्तालाई आशा देखाएर
रातारात महलमा पुग्छन् हाम्रो लुगाफाटा कहिल्यै फेरिएन

बिचरा जन्मेपछि त्यो बालक आमाको दुधमै बाँचेको छ
दिनभरि थकित बुढा बा को साँझमा आँट कहिल्यै फेरिएन्

सरकार नया बन्छ कैयौ पल्ट महल अनि गाडि फेरिन्छ
एउटा गरिव मर्दा सम्म गोरेटो बाटा कहिल्यै फेरिएन


रामकृष्ण अनायास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु