Sunday, April 23, 2017

गजल


भेटिन्छन् अचेल कुरानहरू मन्दिरमा पनि
केहि पुजारिहरू देखिन्छन् मज्जिदमा पनि

मानवता हराएको छ यो शहरमा आज
कहानि बनाउछन् कसैको पिरमा पनि

पापि दुनिया जलाईदिनेछु एकदिन भन्थे
लिएरै आउनु पर्दो रहेछ तक्दिरमा पनि

यहाँ अवला नारिहरू दिउँसै लुटिन्छन् कति
लिलाम गर्दै मुल्य तोक्छन् शरिरमा पनि


रामकृष्ण अनयास






No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु