Sunday, April 23, 2017

गजल,

व जीवनलाई एउटा   धारमा लानु छ
साँच्ची आफैलाई शुन्दर आकारमा लानु छ

हिजो बा ले ऋृण गरी शहर पठाएका थिए
आज त्यो जीम्मेवारी मेरो भारमा लानु छ

केहि गर देशको लागि भन्दै छन् आमा
मैले पनि त्यो कुरालाई बिचारमा लानु छ

भोकै बसेका जन्तालाई नेताले हेर्दै हेरेनन्
त्यो समस्या तत्काल  समाचारमा लानु छ

बाबुनानि पुस्तक नपाएर स्कृल जानै पाएका छैनन्
भन्दै छन् जनता  यो गुनासो   सरकारमा लानु छ

रामकृष्ण अनयास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु