Sunday, April 23, 2017

गजल


केहि बेरमा नजरहरू जुदाएर गईन
पुर्व बाट लालि छर्दै उदाएर गईन्

मन स्थिर थिएन केहि दिन देखि
चंगा जस्तै यो मन आज उडाएर गईन्

पागल जस्तै बनाईदियौ बाँच्नै गार्हो भयो
समिपैमा बसि के के सुँघाएर गईन्

मुनामदन बिर्सनेछन् भन्दै शिलालेखमा
हामि दुईको एउटै नाम कुदाएर गईन्

कैयौ रात उन्को यादमा तारा गन्दै बस्दा
आउछु भन्दै मेरो तस्बिर छुपाएर गईन्

 रामकृष्ण अनयास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु