Sunday, April 23, 2017

गजल

सोच्नु पर्ने थियो गरिबलाई सपना देखाउनु अघि
वस्ति मा नआउ भन्दैथिए जन्ताले खेदाउनु अघि

कर्णालिमा पुगेको राहात बाटोमै बेपत्ता हुदा
नेताको घरघरमा पुग्छ जन्ताले पाउनु अघि

 पुस्तक नपाएर बिध्यालय जान   नपाउदा यहाँ
आफ्नै नाम थाहाथिएन नागरिकतामा लेखाउनु अघि

बिचरा कैयौ छाक टारिसके बुढा बा आमाहरू
छोराछोरी सम्झिन्छन् आफ्नो भोक मेटाउनु अघि


रामकृष्ण अनायास

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु