Monday, October 8, 2012

रामकृष्ण पौडेल"अनयास" VS सरस्वति न्यौपाने



सवाल जवाल (1)
रामकृष्ण पौडेल"अनयास"

तड्पाएर मनलाई दुई किनारामै छाड्दै ठुले
मुग्लान पस्यौ हामि दुईको चोखो प्रेम मार्दै ठुले

गतिलो बास अनि छाक टार्ने गास छैन
भोक भोकै आदिपेटमा बसे दुःख काट्दै ठुले

कहिले आउछौ साहुको ऋण तिर्न पाए हुन्थ्यो भन्दै
भारि बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले

चुहिने घरको छानो अनि एकहात बस्त्र जोर्न आखिर
बस्नु पर्यो दुःख सहि कर्म सँग हार्दै ठुले

अईचो पैचो मेला पर्म गर्दै जिवन काटौला नि
फर्क स्वदेश बाँचौला भो , दुःख सुख टार्दै ठुले

जवाफ

मुटु भित्र माया साँचि मुग्लान पस्नु पर्यो कान्छि
स्वदेशमा रोजगार छैन यतै बस्नु पर्यो कान्छि

गरिबिको पेटमा लात मार्ने धेरै हुन्छन यहाँ
त्यसैले गास खोज्न कम्मर कस्नु पर्यो कान्छि

जाएजेथा सबै साहुको तिम्रो आदिपेट संझि
तिर्न सबै नपुगेसि यतै फस्नु पर्यो कान्छि

जे लेख्या बिधाताले त्यहि हुन्छ भन्दा आखिर
खोस्यो भाग्य आज तलै खस्नु पर्यै कान्छि

कति खुट्टा मोल्नु खै तिम्रो काख छाडि यहाँ
आफ्नै देशमा आर्जन हुने केहि रच्नु पर्यो कान्छि
--------------------------------------------------------------------------------
गजल
सवाल जवाफ (2)

रामकृष्ण पौडेल अनयास

संप्तरंगी टिका माला अर्को साललाई राख बैनी
आउँदो भाइटिकामा मलाई, अलि छिट्टै डाक बैनी

सबको निधार भाइटिकाले सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु बढोस्, भन्दै देवी भाक बैनी

नजाऊँ बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउँदा तिहार खाउँला मिठो छाक बैनी

जसो तसो पालो पैँचो, गरी सास राखेकै थे
ओत बस्ने घर मात्र चाहिँदो रैछ गाँस बैनी

पीर नगर अर्को पटक कसो भेट नहोला
छिट्टै आउछु के बस्थेँ बिदेशीको दास बैनी  

जवाफ
सरस्वति न्यौपाने

सयपत्रि मखमलि फुल उन्छु दाजु भाईटिकामा
सधै जस्तै यसपालि नि रुन्छु दाजु भाईटिकामा

सब ले टिका माला लाउदा संझन्छु तिमिलाई नै
हर्के दाईनि आउँदै छन् रे सुन्छु दाजु भाईटिकामा

मिठो पिठो जे घरमा रमाएर खाउँला बरु
धन सम्पत्ति हैन माया चुन्छु दाजु भाईटिकामा

दुःख सुख मेलापात गाउँमै गासबास जोडौला नि
फर्क स्वदेश यहाँ एक्लै हुन्छु दाजु भाईटिकामा

बिदेशिको दास बनि नबस भो छिट्टै आउ
सँगै बस्ने रहर सपना बुन्छु दाजु भाईटिकामा  
--------------------------------------------------------------------------------
 सवाल जवाफ (3) 
सवाल
सरस्वति न्यौपाने

सानै छुनि बाबा अहिले बे को उमेर भाको छैन
बिश्वास गर्नुस छोरिमाथि ईज्जत फालि गाको छैन

जुन संकारमा हुर्काउनु भो त्यहि संकारमा रमाउदै छु
सरलतालाई त्यागि आज डिस्को तिर धाको छैन

दुनियाको कुरा सुनि नलगाउनुस् झुटो आरोप
मायाप्रेम छैन कतै बाचाकसम खाको छैन

तिम्रो घरमा जग्या बनाई आँगनपोलि जान्छु बाबा
आजसम्म मनले खाको योग्य बर पाको छैन

पढ्छु बाबा अझै केही साल धनसम्पत्ति मागेछैन
साधाजिवन उच्चलाग्छ आडब्बरी चाको छैन

जवाफ
रामकृष्ण पौडेल अनयास

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी

रितिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी

तिम्रो बारे नानाथरि हजारकुरा गर्छन अचेल
सुन्दा मर्नु बाँच्नु भए सबले आज हेप्दा छोरी

गाउँका सारा जुटाएर कन्यादान गर्ने सोच हो
मनले आँट्य़ा पुगेन खै ब्यवाहारले चेप्दा छोरी

बुद्ध बन सिता बन ज्ञानको ज्योति छर्नु पर्छ
ठुलो मान्छ यहि समाजले धेरै पढ्दा लेख्दा छोरी
--------------------------------------------------------------------------------


रामकृष्ण पौडेल

हामि दुईको बिचमा सरु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति जात दाँज्नु आखिर तिम्रो घात थियो

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो

--------------------------------------------------------------------------------
  

सवाल जवाफ (5)

सरस्वति न्यौपाने
सवाल
तिमि सँगै बसि पढ्दा कुरा काट्छ समाज
पँधेरीमा सँगै पानि भर्दा कुरा काट्छ समाज

पवित्र यो संम्बन्धमा गिद्धे नजर लाउन खोजि
क्यम्पस जादा एउटै साईकल चढ्दा कुरा काट्छ समाज

रगतको नाता होईन मनको नाता गाढा हाम्रो
सँगै बसि कुरा कानि,गर्दा कुरा काट्छ समाज

तिमि सँगै मेलापात जादा अनि वनपाखा
घाँस दाउरा गर्दै भन्ज्याङ, झर्दा कुरा काट्छ समाज

पुग्नु पर्ने खोलापारी आको रै ठुलै बाढि
हात समाई सँगै खोला तर्दा कुरा काट्छ समाज

जवाफ
रामकृष्ण पौडेल

तिम्रो मेरो संम्बन्धमा,कुरा काट्छन काट्न देउ
चोखो प्रेम मार्न समाज,जे आँट्नेहुन आँट्न देउ

दैव लागोस् गाउँले लागुन जिन्दगिभर छुट्टिदैनौ
वरपिपलको हाम्रो जोडी नास्ने भए नास्न देउ

मुटु धड्कन हाम्रो एउटै रगतको कुरै छाड
यति हुदा आरोप लाउन आँट्छन भने आँट्न देउ

लेकवेशि बनपाखा मेलापातमा लाउदा माया
अपराधि हुन भन्दै फोटो, टाँसे देखुन टाँस्न देउ

बाँच्दा सँगै मर्दा हामि एकै साथ मर्नु पर्छ
भन्दै खोला तर्दा आखिर के ढाँट्ने हुन ढाँट्न देउ

सवाल जवाफ (6)

रामकृष्ण पौडेल अनयास
सवाल

एक्लै कराए भने सोध्न नभुल सरु
अकस्मात हराए भने खोज्न नभुल सानु

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सरु 

सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले
तिमि मन पराए भने सोच्न नभुल सरु 

हर सारा धड्कन तिमि हौ भन्छु सबै माझ
गल्ति मैले गराए भने दोस्न नभूल सरु 

बेहोसीमै अचेल सवलाई तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए भने घोच्न नभुल सरु 


जवाफ
सरस्वति न्यौपाने

तिमि एक्लै कराउदा डराउछु अनयास
बिहोसिमै हराउदा कराउछु अनयास

यौवनले हैन तिम्रो यो मन लाई सोधि हेर
आज भोलि तिमिलाई मनपराउछु अनयास

तिम्ले जस्तै मैलेपनि देख्छु अचेल सपनिमा
निन्द्राबाटै झस्किएर बर्बराउछु अनयास

मत तिम्रो धड्कन भए तिमी मेरो मुटु नै हो
गल्ति होईन सही बाटोमा डोराउँछु अनयास

प्रेम मा पागल बनि बेहोसि मै नहिड्नु है
दिवा सपना देख्नु हुन्ऩ बुझाउछु अनयास


सवाल जवाफ (7)

रामकृष्ण पौडेल अनयास
सवाल

भाग्यमानी रैछौ सरु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे

डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे

वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे

मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे

जवाफ
सरस्वति न्यौपाने

गर्दिनथे मैले बिहे बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज, आफै भित्र मरे कान्छा

भगाएर लैजाउ भन्दा आँट गर्न सकेनौ खै
पराईको सिँदुर लगाई अन्तै बिहे गरे कान्छा

घुम्टो बाट चिहाई हेरे देख्छु कि तिम्लाई भनि
अन्तिम चोटी भेट्छु भन्दै डोली बाटै झरे कान्छा

तिम्रो माया मेरो संसार दैव लाग्यो हामि माथि
महल भित्र खुशि छैन चिहानमै सरे कान्छा

खुशि अनि सपना सँगै पनि जल्दा आखिर
आफ्नै अस्तु आज आफै सिँदुर बनाई भरे कान्छ

 
सवाल जवाफ (8)
 सवाल
रामकृष्ण पौडेल "अनयास"

हामि दुईको बिचमा सरु कुलघरान जात थियो
धनि गरिव आकाश पाताल संम्बन्धको बात थियो

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो

धुरि खाम्बो भाँचिएको चुहिने खरको छानो मेरो
के निदाउथ्यौ खाने बस्ने भिन्ऩा भिन्ऩै खाट थियो

रगत एउटै भएपनि छुदा सुनपानि छर्कि
सम्पत्ति जात दाँज्नु आखिर तिम्रो घात थियो

ईज्जत ढाक्ने एकहात बस्त्र मुख जोर्ने गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो हात थियो

जबाफ
-सरस्वति न्यौपाने "सरु"

दुनियाले बनाएको जातमा खसे आँसु मेरा !
बीच बाटोमै छाडी दिने बातमा खसे आँसु मेरा !!

जात भन्दा माया ठुलो भन्थे सधैं आट गर्नु !
दोष लगाई लत्याई दियौ लातमा खसे आँसु मेरा !!

महलमा हैन मैले तिम्रै मनमा वास मागें !
कोमल मन हैन रैछ पातमा खसे आँसु मेरा !!

दुनियाले जे भने नि माया गरें तिमीलाई नै !
तिम्रै यादमा अन्धकार रातमा खसे आँसु मेरा !!

कायरताको बिष पियौ, समाज संग हार्यौ अनि!
रुदारुदै पुछ्दै थिए हातमा खसे आँसु मेरा !!


No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु