Monday, October 8, 2012

अर्को कविताको लागि


प्रदिप बिष्ट

खै ?
कसैले छर्यो
असरल्ल मेरा कविताका पंत्तिहरु ।
सेतो पानामा प्राण दिएर
फूलको जीवन वाँडेको थिएँ ।
भावले प्राण भरेको थिएँ ।

देख्दैछु  म,
भावविनाका अक्षरहरु
जीवनविनाका शब्दहरु
पद्धतिविनाका संरचनाहरु ।
छरिएका अक्षरहरुको संवेग
मारिएको कविताको नायकको
विरुद्धमा
रोइरहेका निरिह कविताका शब्दहरु ।

कसले काट्यो
मेरो स्वच्छन्द कविताका पखेटा
कसले चुटायो औलाहरु
अनि मेटिदियो अनूहार ।
कसले फुटायो
संसार चिहाँऊने आँखाहरु ।

मेरा संरचनाहरुको
भु्रण हत्यापछि
फेरी रोप्दैछु
जुन अस्ताएर घाम नऊदाएको
गर्भाशयमा
प्याज जस्तै पूड्के कविताहरु
जुुन पत्रै पत्रले जेलिएको छ ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु