Monday, October 8, 2012

भावीले नै ढाटयो मेरो..

कोमल भट्ट ,काठमाडौँ (हाल:-न्युयोर्क )

*******************************
टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो
बेलई नभई कुरूप भएँ,कसले रुप चाट्यो मेरो 

रङ्गी चङ्गी फूल फुल्थे,ओइलाउँदै सुक्न थाले
भाग्यले नै ठग्यो क्यारे,खुसि डाँडो काट्यो मेरो

स्वर्ग जस्तै संसार थियो,आँखा लाग्यो कसको
बलिन्द्रत्यो आँशुसँग,कसले हाँसो साट्यो मेरो

धैर्यताको बाँध भत्क्यो,सम्हालिन कठिन भयो
गहिरोगहिरो चोटलाग्यो,प्यारोमुटु फाट्यो मेरो

वियोगमा तड्पी तड्पी,बाध्यतामा बाँच्नु पर्यो
निधारमा लेख्ने दिनमा,भावीले नै ढाटयो मेरो 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु