Monday, October 8, 2012

परेलीको शित पिएर..

Arjun Paudel

अर्जुन पौडेल, पोखरा

परेलीको शित पिएर हाँस्न सिक्दैछु
वीरहका गीत गाएर नाँच्न सिक्दैछु ।।

पीरव्यथा सिएर आफ्नै मुस्कान साथ
जूनी भरनै हाँसीखुशी बाँच्न सिक्दैछु ।।

रहरको समुन्द्रमा यो आत्मा नखोजी
श्रम सीप जाँगरहरु साँच्न सिक्दैछु ।।

अध्यारो रातमा भाग्यको दोष नठानी
कर्ममानै आफ्नो शरीर जाँच्न सिक्दैछु ।।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु