Monday, October 8, 2012

साला मन्त्रि %


जेन तमू (ज्ञानेन्द्र)
मो ता पर्यो साच्चैँ भेना साला मन्त्रि %
पै'ले यस्तो कात्ति थे'ना साला मन्त्रि %
कात्ति साह्रो गन्हायो हो देशैभरी ,
कुहे जस्तो लाग्छ पेना साला मन्त्रि %
भत्काउने बिगार्ने आफ्नै देश ,
लङ्गुर हौँ हेर ऐना साला मन्त्रि %
कालापानी सुस्ता मिच्दा ट्वाल्ल हेर्छा ,
काता गयो तेरो सेना साला मन्त्रि%
पैसा जति पार्छौँ मट्टि कि भट्टि ,
मुलाई नि आल्ता दे 'ना साला मन्त्रि%

जेन तमू (ज्ञानेन्द्र)
काठमाण्डौँ

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु