Wednesday, August 20, 2014

''रामु'' ले आज सागर तर्छु भन्दै थियो

रामकृष्ण पौडेल ''अनायास''

'रामु'ले आज सागर तर्छु भन्दै थियो
छिमेकि खुट्टा तान्ने योजना गर्दै थियो

दुनिया स्वार्थि बन्दैछ देख्दैछु अचेल
एउटा मरी राख्दा साथि पछि सर्दै थियो

बचाउन छाडेर आँखा लगाउदै छ
उल्टै शरिर छामछुम गर्दा उ मर्दै थियो

घुस नखाने को भेटिएला आखिर यहाँ
खाएरै पत्रकार उल्टो सूचना छर्दै थियो

निर्दोस जहिले पनि अपराधि ठहरिन्छ
न्यायधिस बाटै उल्टो फैसला बन्दै थियो
गजलकुञ्ज,

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु