Wednesday, September 5, 2012

आजभोलिका नेता

(१)
बिना मियोमा
आजभोलिका नेता
मनपरिले
देशमा भाँडभैलो
उनिहरुको जित

(२)
बिना थितिले
आजभोलिको चाड
रुप रंग
बिकृति छर्दै यता
बिगार्यो नेपालमा

(३)
अथाहा माया
लगाउन पुगेछु
डुबेछ मन
फर्कने लाई बाटो
खोज्दै हिडे अचेल

(४)
देशको दशा
निकैनै बिग्रेको देख्दा
निराश जन्ता
बिकल्प खोज्दै हिडी
खालि हात फर्किए

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु