( सुधीर ख्वबि
)
सुन्छुं , आज फेरि एउटा अर्को अबोध, सुन्दर र
मोहक सपना
लक्षबाट मुक्त,
कफिनमा कैद भएर आफ्नै माटो फर्कियो |
((जिन्दगि परदेशको
माटोमा, मरेपछी घर आँगन
… बिडम्वना ! )
अस्तिसम्म त सकुसल नै थियो
रे केहि थान
सपना , भन्थे
कसरि आज
चट्यांग भएर आफ्नाहरू माथि बज्रपात भयो |
(कुनैकुनै सपना
यति क्रूर हुने गर्दछ,
सपना हो कि
सजाएँ ?)
किन सपना यति महँगो हुन थाल्यो अचेल एकै
छाकको पनि
ज्यानै पनि
नराम्रो संग, चिथोर्दो
रहेछ चुपीले जतिकै |
(सपनाको संसारमा
फूल धेरै, बिपनाको
संसारमा काँडा धेरै )
यतिबिघ्न क्रूर सजाएँ किन एउटा
सपना साँचेकोमा पनि
नियति यो
कस्तो सपनाको बदलामा
ज्यानैको बाजी
( बाँचुन्जेलको अर्थ
राख्छ, मृत्युपछी सपनाको के अर्थ ? )
बाँच्ने जिजीबिषा कति थिए होलान्, पलपल कति
मरे होलान्
निरिह बनि कति पीडा रोए
होलान्, र कालको सामु
झुके होलान |
( सुखका लागि
जति दुख खेपे, सायद
जिन्दगि त्यति मात्रै रहेछ
)
हजार रहरको मलामी त उहिले
गैसकेको रहेछ, टुक्रिन्दै टुक्रिन्दै
आज हिंड्यो
एकलै मृत्यु भोग्दै,
सपना मुट्ठीमा कस्दै कस्दै
(जिन्दगि त
सासको हुन्छ , फेर्न सकिएन
त लासको हुन्छ.. )
कस्तो दुविधाको
हुँदो रहेछ यो
जिन्दगि र सपना
दुवै परिपूरक
दुवैको बिचमा
समयले कोर्ने गर्दछ
एउटा विभाजनको अदृश्य
धर्सा
(सपनाको मृत्युमा
जिन्दगि, जिन्दगि नै रहनु
पर्ने हो... रहँदैन
तर )
सुन्छुं , आज फेरि एउटा अर्को अबोध, सुन्दर र
मोहक सपना
लक्षबाट मुक्त
तर कफिनमा कैद भएर आफ्नै माटो फर्कियो |
(सोचें , जिन्दगि
ठूलो कि सपना
! खोजें, सपना बिना
जिन्दगिको अर्थ ?)
(धेरै जिन्दगीको
समीकरण सायद यस्तो
हुँदो हो )
जिन्दगि : एकछाक
खाना + सपना
जिन्दगि : एकसरो
लुगा + सपना
जिन्दगि : एउटा
छानो + सपना
जिन्दगि : एउटा
लक्ष + सपना
जिन्दगि : अनेक
सपना + जिन्दगि
जिन्दगि : अनवरत
यात्रा +अवसान ?
( त्यसपछि ..... मात्र
निस्चिन्तता...!)