सुमी मन्जरी
खुसीछैन मनमा मेरो एक्कासी पीर परेपछि
के डराउनु आज आफ्नै छातीमा तीर परेपछि
दुख कष्ट दैबले नै मेरै सिरमा पर्छन किन ?
मर्नु बाच्नु भयो जिबन आखिर भिर परेपछि
आँखामा तुँवालो छ, संसार धमिलो भन्छौ तिमि ,
आन्तिम दिन हो माथि खुट्टा तल सिर परेपछि
भाग्य अनि कर्मले नै ठग्यो दु;खी संसार मेरो
जे गर्नुछ गरोस अब निन्द्रा चिर परेपछि
हाल -काठमाडौँ