मन छ मुटु छ धड्कन हराएपछी
एक्कासी प्रेमिका हराईन धन
हराएपछी
मैले आफैलाई हेरेर  मन  बुझाउदै  छु
बाँच्नु त आखिर पर्दो रहेछ
जीवन हराएपछी ।
यो आँखा  यति धेरै किन उदास  देखिन्छ   ?
खै महोदय, उत्तर के दिउ
कारण हराएपछी ।
 मान्छेले  गुन बिर्सन्छ
नाता अनि खुन  बिर्सन्छ
बुढा बाआमालाई आश्रम
छाड्छन् संवेदन हराएपछी
 
