|  | 
| अर्जुन पौडेल, पोखरा | 
फूलै फुलको थुँगा पाएर खुशी छु म 
नतोडिने कसम खाएर खुशी छु म
गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको वस्तीमा धाएर खुशी छु म
तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु म
सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु म ♥♥
गोधूली साँझमा घामको पाईला खोज्न
मायालुको वस्तीमा धाएर खुशी छु म
तिम्रै निम्ती कोरिएका सुन्दर गजल
मन्दमन्दमा आफै गाएर खुशी छु म
सारा वन्धन हटाई मनको पीडा मेट्न
जूनीभरको माया लाएर खुशी छु म ♥♥
 
 

