अर्जुन पौडेल, पोखरा |
तिम्रो आँखावाट
आशुनै झरेको देख्न
सक्छु र ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु र ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु र ?
आँखा भित्र
अनी मुटुमाझ तिमि
मात्रै छाउदा
एक्लै छाडेर
स्वर्गतर्फ तरेको देख्न सक्छु
र ?
मेरा पीरव्यथा
थाती राखी तिम्रो
विदाई पछि
आत्मानै रुवाई
लगन गरेको देख्न
सक्छु र ?
जुनेलीको रात
साक्षी राखी बुनेका
ती सपना
जीवन्त नवनाई
त्यसै टरेको देख्न
सक्छु र ?