(कथा )
सरण राई
उनी अर्थात् मेरा
श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर
वा लोग्ने निकै
थाकेर आएजस्ता देखिन्छन्
। म उनलाई
देखेर स्वागतम् किसिमको
प्रसन्नता देखाउँदै मुस्कुराउँछु ।
उनी पनि मुस्कुराउँछन्,
एउटा यान्त्रिक, व्यावसायिक,
नाटकीय कलापूर्ण मुस्कान ।
मुस्कान जो वास्तविक
एवं स्वाभाविक भए
अमृतसमान हुन्छ । हृदयको
गहिराइदेखि उठेको साँचो, अतुलनीय,
अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त,
प्राकृतिक एवं स्वाभाविक
मधुर मुस्कानको प्रतीक्षारत
मेरो जिन्दगी ! मेरो
सपना, चाहना, कोसिस
र प्रयत्न त्यस्तो
मुस्कान उनको अनुहारमा
ल्याउन सकूँ म
पनि (एकै पटक
मात्र भए पनि
) पाउन सकूँ र
दिन सकूँ ।
पति,
छोराबुहारी,
छोरीज्वाइँ
,
नातिनातिना,
घरपरिवार,
साथी,
आफन्त
र चिनारुहरूको बीचमा,
यति धेरै मान्छेहरूको
बीचमा घेरिएर बॉचिरहेकी
म । मलाई
लाग्छ,
एक्लै बेग्लै एक
प्रकारले रबिन्सन क्रुसो जस्तो
बाँचिरहेकी छु ।
मेरो कसैसित संवाद
भइरहेको छैन ।
मलाई कसैले बुझेका
छैनन् । म एक्लो विकल आफ्नो
पीर,
भाव,
इच्छा
र सपना मनभित्रै
थुपारेर,
पुरेर बसेकी छु
। म भित्रभित्रै
खोक्रोरित्तो पुङमाङ जस्तो छु
र व्यर्थै बाँचिरहेकी
छु—
अवास्तविक कृत्रिम,
रुखो जीवन,
जहाँ
चम्किलो जोशजाँगर,
उत्साह र
प्रसन्नता छैन ।
पाउनुपर्ने मैले केके
नपाएको,
नभोगिरहेको र बनावटी
दुनियामा नै भट्किरहेको
महसुस सधैं भइरहन्छ
।
मैले बाँच्न पाउनुपर्ने
जीवन अर्कै खालको
हुनुपर्ने हो ।
हो,
उनी हाम्रो
तीन दसक लामो
दाम्पत्य जीवनमा मलाई देख्दा
खुसी जस्तो हुन्छन्
। मसँग बस्दा
रमाएजस्तो देखिन्छन् । छुट्टिँदा
विरसिलो जस्तो मान्छन् ।
मलाई उनी हरतरहले
सुखी र खुसी
पार्न चाहेजस्तो गर्छन्
। मेरा लागि
एउटा पतिले पत्नीप्रति
गर्नुपर्ने सबै कार्यहरू
गर्छन् । तर
ती सब उनले
खुसी भइटोपलेको,
हॉसेजस्तो
गरेको,
प्रसन्न भएजस्तो गरेको
र सबैथोक गरेको
गरेजस्तो मात्र गरेको हो
भन्ने मलाई लागिरहन्छ
।
उनको मुस्कान,
हाँसो,
प्रसन्नता,
क्रियाशीलता,
दायित्ववहन आदि ती
सब उनका क्रियाकलाप
वास्तविक,
प्राकृतिक र स्वाभाविक
जस्तो मलाई लाग्दैन
। लाग्छ ती
सब उनी नाटकमा
झैँ अभिनय गरिरहेका
छन् । एकदम
कृत्रिम,
बनावटि । उनी
स्वाङ पारिरहेका छन्,
नाटक खेलिरहेका छन्
।
अथवा म नाटक
हेरिरहेकी दर्शक मात्र हुँ
। नाटकको प्रमुख
पात्र उनको अभिनय
हेरेर नाटकीयतामा रमाउने
फगत दर्शक पत्नी
हुँ म ।
* * *
मेरो मानसपटमा अचानक
धेरै वर्षपहिले घटेको
हाम्रो जीवनको एउटा दृश्य
देखा पर्छ ।
म र उनी
प्रेममा फसेका दुई सुन्दर
युवाहरू । मलाई
लागेको थियो म
उनीबिना बाँच्न सक्तिनँ ।
उनलाई पनि लागेको
थियो,
उनी मबिना
बाँच्न सक्तैनन् । तसर्थ
प्रेममा अथवा बैंसालु
आकर्षक मायाप्रीतिमा फसेका हामी विवाहबन्धनमा
बाँधिन्छौँ । यस्तो
बन्धनमा बाँधिँदा मैले सम्झेको
थिएँ हाम्रो प्रेम
सफल भयो ।
उनले पनि त्यस्तै
भनेका थिए,
हाम्रो
प्रेम र सपना
साकार भयो ।
समयको अविरल प्रवाहमा
बग्दाबग्दै म तीन
छोराछोरीकी आमा भएँ
। अहिले त
म छोराबुहारी,
छोरीज्वाइँ
,
नातिनातिनाहरूको धनी भइसकेकी
छु ।
अरूले देख्दा हामी
बीचको दाम्पत्य प्रेम
आदर्शमय देखिन्छ,
इष्र्यायोग्य देखिन्छ
।
मानिसहरू सम्झन्छन्,
हामी दाम्पत्य
प्रेमले प्रचुर मात्रामा सिंञ्चित
हराभरा सफल जीवन
गुजारीरहेका आदर्श जोडी हौँ
। जीवनमा प्राप्त
गर्नु पर्ने प्रेम
पाएर धन्य धन्य
भएका छौँ ।
तर वास्तविकता वा
यथार्थ त्यस्तै छ त
?
मनमनै सोध्छु आफैँलाई ।
विवाह भएको एक
वर्षसम्म हामी यति
धेरै खुसी र
सुखी थियौँ कि
त्यही एक वर्ष
जीवनभरि बाँच्न र कल्पनाको
लागि सामल बन्यो
। हामी त्यतिबेला
एकसाथ हाँस्थ्यौँ , रुन्थ्यौँ
एकसाथ । हामी
दुई शरीर एक
प्राण भएका थियौँ
मानौँ हामी दुई
एकमा एकाकार भएका
थियौँ ।
बिस्तारैबिस्तारै हाम्रो प्रेम व्यावहारिक
जीवनको ज्वालामा परेर ओइलिनखुइलिन
थाल्यो । प्रेममा
कहाँ प्वाल प¥
यो,
किरा
लाग्यो कि ?
हामीबीच
जीवनपर्यन्त अमर प्रेम
रहन्छ भन्ने विश्वास
क्षणभरमै खरानी भयो ।
दिनरात हामी एकअर्कामा
खोट र अपूर्णता
देख्न थालेका थियौँ
। प्रेम जति
मजाले पूर्णतासाथ एकअर्कालाई
ग¥
यौ“,
घोचपेच,
घृणा,
तिरस्कार,
झगडा
र वैमनस्यता पनि
पूर्णताका साथ नै
ग¥
यौँ ।
सहनुको पनि सीमा
हुन्छ । सहन
नसकेर एक साँझ
म घर छोडेर
निस्किएँ । उनी
भन्दै थिए, ‘
घर
छोडेर नजाऊ ।
जान्छौ भने फेरि
कहिल्यै फर्केर आउन पाउन्नौ
।’
मैले उनको कुराको
वास्ता गरीनँ । घृणाको
थुक थुक्दै म
घरबाहिर निस्किएँ । भोलिपल्ट
घर फर्किएँ ।
रिसले काम्दै उनले
सोधे, ‘
कहाँ गएकी
थियौ ?
कोसित रातभर सुतेर
फर्कियौ ?’
‘
साथी मेनकाकहाँ बसेर
आएकी छु ।’
नम्र भएर जवाफ
दिएको थिएँ ।
‘
मेनका कि विश्वमित्र
?
त्यो असोकेसँग रातभर खुब
रङ्गरङ्गेलिया मनायौ ?’
असोक विवाहअगाडि मलाई
मन पराउने एउटा
युवक थियो ।
मेरो चरित्रमाथि त्यत्रो
आशङ्का ?
म रिसले
आगो भएँ ।
जङ्गिएर भनेँ , ‘
मेरो मन,
मेरो शरीर...
मेरो
खुसी । सुतेँ
नै भने पनि
के गर्न सक्छौ
?’
‘
म तिमीलाई घरबाट
निकाल्छु । तुरुन्तै
निस्किहाल ।’
मलाई
उनले जबरजस्ती घर
बाहिर निकालेर ढोका
लगाए । फेरि
घर भित्र पस्न
दिएनन् ।
मान्छेको चित्त । म उनी इष्र्याले
जलेको हेर्न चाहन्थेँ
,
तर म त्यस्तो
परिणामको आशा गरिरहेकी
थिइनँ । म कुनै पुरुषसँग
लागेकी थिइनँ । उनी
मलाई अर्को लोग्नेमान्छेसँग
लागेको लाञ्छना लगाएर नीचा
देखाउने कोसिस गरिरहेका थिए
। त्यसपछि मेरो
उपाय समाज,
मण्डली,
ठाना,
कचहरी मात्र
थियो । मेरा
बाबु,
माइती,
नातागोता,
इष्टमित्र र साथीभाइहरूको
निकै दिन हामी
दुईको मेल गराउन
सभा,
कचहरी र
छलफलमा बित्यो ।
म त्यो समयमा
छुट्टिएर बस्न पनि
सक्थेँ । छुट्टिन
नसक्नुको कारण मेरो
गर्भमा उनको सन्तान
बढिरहेको म दुई
जीउकी गर्भवती थिएँ
। त्यसै हुनाले
पनि अन्तमा हाम्रो
मेल भयो ।
अरूले देख्दा बिग्रेर
रोकिएको गाडी फेरि
चल्न थाल्यो ।
हाम्रो दाम्पत्य जीवन अगाडि
बढ्न थाल्यो ।
झिमिक्क आँखा गर्दाझैँ
आज सम्झँदा तीन
दशकको लामो समय
बिति सकेछ ।
अहा,
तीन दशक
लामो हाम्रो दाम्पत्य
जीवन,
म र उनी ।
प्रेम विश्वासको जगमा
अवस्थित हुन्छ । एकअर्का
प्रतिको हाम्रो विश्वास र
भरोसा मक्किसकेको थियो,
फिका भइसकेको थियो
। देखाउनका लागि
हामी प्रेमले भिजेको
दाम्पत्य जीवन गुजारिरहेको
आडम्बर गथ्यौँ । सुखी
र खुसी देखिनेदेखाउने
नाटक खेलिरहेका हुन्थ्यौँ
।
* * *
आज धेरै वर्षदेखि
म आफैलाई सोधिरहेकी
छु—
के मैले
चोखो प्रेम पाएकी
छु ?
प्रेमको स्वाद
चाखेकी छु ?
विपरीतलिङ्गीबाट
पाइने प्रेम,
सुख
र जीवनरस पाएकी
छु ?
साँचो हाँसो
र रोदनको वास्तविक
स्वाद चाख्न पाएकी
छु ?
जीवन नाटक
नहुनुपर्ने हो ।
भित्री अन्तरकुन्तरको गहिराइभित्र अवस्थित चेत,
विवेक र विश्वासले
जीवनलाई स्वगति दिइ स्वचालित
चलायमान गर्नुपर्ने हो ।
तर कसरी मानिस
यन्त्रवत नाटकिय पात्रमा रूपान्तरित
हुँदो रहेछ ?
मेल भइसकेपछि हाम्रो
दाम्पत्य जीवन हेर्दादेख्दा
स्वाभाविक रूपमा चलेको लाग्थ्यो
। एउटा पत्नीले
गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरू म
पालना गरिरहेकै थिएँ
र छु ।
उनी पनि पतिले
पालना गर्नुपर्ने सबै
दायित्वहरू पूरा गरिरहेकै
थिए र छन्
।
हामी दुई पतिपत्नीको
रूपमा एकसाथ बसिरहेका
छौँ । एकले
अर्कोलाई देखाउनुपर्ने सबै हार्दिकता,
प्रेम वा दायित्व
निर्वाह गरिरहेका छौँ ।
तर प्रेमका काकाकुल
हामी ....
। मलाई
किनकिन लागिरहेको हुन्छ,
उनी
मसित जुन प्रेम
गर्छन्,
दायित्वनिर्वाह गर्छन् त्यो एउटा
नाटकमा पतिपात्रले निर्वाह गर्नु
पर्ने भुमिका जस्तो
मात्र हो ।
उनी मसित सन्तुष्ट,
खुसी र सुखी
भएजस्तो देखिन्छन्,
बनावटी र
देखावटी हो,
कृत्रिम
हो । किन
मलाई त्यस्तो अनुभूति
भित्री हृदयको अन्तरकुन्तरमा अज्ञात
रूपमै भए पनि
भइरहेको छ ?
त्यसले
मलाई मेरो जीवन
सारा ब्रम्हाण्डभन्दा गरुङ्गो
बोझ बनेजस्तो लाग्छ
। जीवन असफल,
निरस,
निष्फल भएको
भान गराउँछ ।
म भित्रभित्र जलिरहेको
करुण भावलाई शीतलता
प्रदान गर्न नसक्दा
छटपटिएर कोहीबेला रुँदै,
कहिले
हाँस्दै,
कहिले गम्भीर हुँदै
उनलाई मैले धेरै
पल्ट सोधेकी छु,
‘
के तिमी मसित
सन्तुष्ट र सुखी
छौ ?’
‘
म सन्तुष्ट छु
। सुखी छु
।’
उनी सधैं
जवाफ दिन्छन् ।
‘
एक स्त्रीबाट एक
पुरुषले पाउने सम्पूर्ण कुराहरू
मैले भन्दा बढी
अरू कसले पाएको
होला र ?’
मलाई अझै लागिरहेको
छ,
उनी ढाँटिरहेका
छन्,
उनी नाटक
गरिरहेका छन् ।
पति प्रेमी वा
आफ्नो एक मात्र
पुरुष मानेर उनलाई
मैले एउटी स्त्रीले
दिनुपर्ने पुरुषप्रतिको सम्पूर्ण प्रेम,
समर्पण,
सुख र अरू
सबथोक दिने कोसिस
गरेँ । आफूसित
भएको दिन सकिने
सबथोक दिएँ ।
तर उनी अझै
मसित सन्तुष्ट,
प्रसन्न
र प्रफुल्लित भएझैँ
लाग्दैन । उनी
सधैं प्रसन्न,
प्रफुलित
र सन्तुष्ट भएको
स्वाङ् पार्छन्,
नाटक गर्छन्
।
जीवनभरिको यो एउटा
नमीठो,
अप्रिय र विरसिलो
अनुभूतिको भावले मेरो र
उनको जीवन खोक्रो
बनाइदिएको छ ।
मलाई सधैं यस्तो
लागिरहन्छ,
क्षणिक उत्तेजनामा गरेको
सानो गल्तीले पनि
जीवन मरुतुल्य उजाड,
शुष्क र निरस
बनाउन सक्तो रहेछ
। झुक्किएर पनि
गल्ती नहोस भनेर
सजग हुँदा,
भइरहँदा
जीवन झन्झन् आडम्बरी,
कृत्रिम,
बनावटी,
नक्कली र
नाटकीय बन्दै गइरहेछ ।
यो खोक्रो नक्कलीपनले
झन्झन् मलाई पतझड
बनाइरहेको छ ।
किन मलाई यस्तो
लागिरहन्छ ?
गणितमा जस्तै मानिलिऊँ ,
मैले
अर्कै मानिससँग विवाह
गरेको भए ?
कसैसित
विवाह नै नगरेको
भए ?
जीवनको कुनै
स्पष्ट भिन्नता देखा पथ्र्यो
होला ?
मानिलिऊँ ,
मानिलिऊँको यथार्थमा
कुनै मतलव हुँदैन
तसर्थ त्यसरी कल्पना
गर्नु पनि व्यर्थ
छ,
तर पनि
मन कुनैकुनै बेला
बहकिन्छ । बहकिँदा
मृगतृष्णाको आनन्द अनुभव हुन्छ
। कल्पनामै भोगिरहेको
र नभोगेको जिन्दगीको
तुलना हुन्छ जसले
फेरि असाध्य दुःखी
बनाउने गर्छ—
जीवन फेरि
सुरु गर्न पाए
!
जीवन फेरि पनि
यस्तै हुन्थ्यो ?
जीवन
फेरि पनि आडम्बरभित्र
अल्झेकै हुन्थ्यो ?
आ....
म
यो केके सोचिरहेकी
?
बेकार नदुखेको कपाल चोयाले
बॉधेर दुखाउनु ।
नभएको नपाएको कुराहरूको
सोधीखोजी,
नभोगेको अनुभवको तिर्सना,
पूर्णता प्राप्तिको भ्रम,
नियतिको
बिडम्बना,
जीवनको मृगमरीचिका,
अति
महŒ
वाङ्क्षा,
लालसा
जस्ता कुराहरू दुःखका
स्रोत रहेछन् क्या
र ?
भएकोपाएकोलाई नै सर्वस्व
मानेर सांसारिकतामा क्रियाशील
भइरहनु उत्तम भनेर नै
नक्कली प्रेमको,
मायाको,
जीवनको
नक्कल अभिनय गरिरहेका
हुन्छौँ हामीहरू.
।
उनको मनभित्र साँच्चै
म पस्न सकेकी
छैन । बुझ्न
सकेकी छैन उनको
मन । उनी
मेरा पूर्वप्रेमी थिए
। हामीबीचको अस्वाभाविक
कलहपछि उनी मेरा
पति मात्र रहन
गए । प्रेमीसमेत
रहिसकेका पतिको मनपेट अझै
मैले बुझ्न सकेकी
छैन । कस्तो
यो मेरो दुर्भाग्य
!
मान्छेको मन बुझ्न
असम्भव हुँदो रहेछ ।
सायद अझै पनि
म पूर्ण रूपले
उनी प्रति समर्पित
हुन सकेकी छैन
। उनीमा समाहित
हुन सकेकी छैन
। मन अनौठो
हुन्छ । नचाहेको
कुरो ठ्याम्मै गर्न
मान्दैमान्दैन । म
पनि त उनलाई
प्रेमीको रूपमा हेर्न सक्तिनँ
। उनी पनि
मलाई प्रेमिकाको रूपमा
हेर्न सक्तैनन् होला
र त उनी
नक्कली प्रेमको अभिनय गरिरहेका
छन् अथवा हुन
सक्छ म नै
भ्रान्तिमा छु ।
मैले जुन मानवप्रेमको
रूप,
चित्र,
स्परूप
वा प्रकृतिको कल्पना
गरेकी छु त्यो
अवास्तविक छ ।
यो जगतको क्षणभङ्गुर
जीवनमा कसले पो
त्यस्तो शाश्वत प्रेम पाएको
होला र ?
प्रेमविहीन मेरो बितेको
शुष्क जीवन सम्झँदा
रुन मन लाग्छ
। तर रोएर
नि के फायदा
?
जो बित्यो,
बितिसक्यो
। जीवन फेरि
प्रारम्भ गर्न सकिने
होइन । रोएर,
हाँसेर वा पश्चात्ताप
गरेर त्यसमा सुधार
गर्न सकिने होइन
। नाटक जस्तै
नाटक गरेर मेरो
अनमोल जीवन तुरीन
लागेको छ ।
वृद्ध भइसकेका हामी
अझै पनि अरूहरूका
अगाडि नाटक खेलिरहेका
छौँ देखिनका लागि
सुखी हुनुको,
प्रेममय
हुनुको ।
म उनलाई प्रेम
गरिरहेकी,
एक नारीले
पुरुषलाई गर्ने समर्पण गरिरहेकी
नाटक गरिरहेकी छु
। उनी पति
भएकोले एक पुरुषले
नारीप्रति गरिने प्रेम,
दायित्व,
त्याग र समर्पण
गरिरहेको अभिनय गरिरहेका छन्
। यहाँ सबै
मानिसहरू नाटकमा झैँ प्रेमी
वा प्रेमिकाको,
पति
वा पत्नीका,
पिता
वा आमाको,
छोरा
वा छोरीको,
साथी
वा दुस्मनको अनेकौँ
समयानुकूल विभिन्न पात्रहरूको कलात्मक
अभिनय गरिरहेका छन्
। सब नाटक
खेलिरहेका छन् ।
भ्रान्तिको सागरमा रुमल्लिएर मानिसहरू
भ्रमवश सोधिरहेका छन्—
सत्य
के हो ?
यथार्थ
के हो ?
विशुद्ध जीवन चाख्नभोग्न
नपाएकोमा मन चाउरिन्छ
। चिथोरिएको हृदयको
घाउबाट रगत,
पीप
र आँसु बहन्छ
। दुख्छ,
दुखेर
पनि रुन सकिन्न
। हाँसिरहेको,
बाँचिरहेको
स्वाङ पार्नैपर्ने बाध्यकारी
परिस्थितिमा थोरै अभिनय
गर्दा अरूलाई र
आफूलाई पनि फायदा
हुन्छ भने किन
नगर्ने ?
किन जीवन–
नाटकमा विविध पात्रहरूको
भुमिका नखेल्ने ?
त्यसैले होला
मेरा पति मायालु
पतिको भुमिका मन
नलागिनलागि पनि निभाइरहेका
छन् । म पत्नीको...
। च्च...
च्च...
जीवन,
कठै
बरा बिचरा !
नाटकीय
कलाशिल्प अभिनय गर्दागर्दै हेर्दाहेर्दै
लहैलहै र ख्यालख्यालमा
बितेछ !
के जीवन
यस्तै नाटक हो
?
कि संसारै अधुरोअपुरो
जीवनको कृत्रिम कलाशिल्प मञ्चन
गर्ने एउटा रङ्गमञ्च
हो ?