Showing posts with label स्रष्टाको रचना. Show all posts
Showing posts with label स्रष्टाको रचना. Show all posts

Monday, June 16, 2025

कमल अर्याल

गजल

को  हुन्  ती गुरु मेरा ,दुनियाँ खोजी बस्छु

एउटै काम छ मेरो, म को हुँ  सोची बस्छु 

 

आफ्ना को  हुन् मेरा ,बस्ती  कहाँ  छ मेरो 

कहिले जवाफ मिल्ला र सवाल बोकी बस्छु 

 

 मरेर जाने शरीर   ,आत्मा अमर छ भन्छन्

अलमल पिएर साथी ,अलमल ओडी बस्छु 

 

सुनाम छाडेर गए   ,मान्छे  मरेर  बाँच्ला

इच्छा अमर हुने हो , म बुटी  घोटी बस्छु 

 

 छर्न उज्यालो ज्योति म ,सल्काऊँ कि दियालो 

सम्झेर  सलाई  यो ,जीवन  कोरी    बस्छु 

 कमल अर्याल

पूजा जिज्ञासु

गजल

ब्वाँसा र स्याललाई साँच्चै लघार्न सक्छ

आए युवा निरङ्कुश,सरकार हार्न सक्छ

 

जस्ले सहन्छ पीडा,सुनले सहे जसरी,

आकार पाइ उसले,जीवन सपार्न सक्छ

 

सम्भव हुँदैन के पो,ईच्छा र आँट राखे,

यसले त वालुवामा,पीपल उमार्न सक्छ

 

ढुङ्गा बनेर बाँचे,डुब्छौ अवश्य डुब्छौ,

भै हेर फूल जस्तै,जलले नि तार्न सक्छ

 

रुखबाट घाँस जसले,झार्दैन हेर घरमा,

ऊ प्यारमा गगनको,त्यो जून झार्न सक्छ

पूजा जिज्ञासु

मुजाजे मुसम्मन अखरब


मेनका चापागाईं

कविता 

समुद्घाटन

नेताज्यू करोडौंको पजेरोमा
सवार हुँदै
वरिपरि सुरक्षार्थ तैनाथ
अंगरक्षकहरू सहित
समुद्घाटन कार्यक्रममा
रिबन काट्दै
शुभकामना दिन आउनुभो।
सयौं संयन्त्र प्रयोग पश्चात
उर्लिएको नदीमाथि
तुइन बनेको देख्दा
हर्षका आँसु चुहाउँदै
माला–खादा लगाइरहेछन्
किशोर–किशोरीहरू।
दैनिक स्कुल जान पाउने
खुसीयालीमा
बिजयोत्सव मनाएझैं
अनुहारभरि छरिएका छन्
निर्लिप्त मुस्कानहरू।
किशोर–किशोरीहरू
हर्षित छन्
पूरा हुँदै गरेका
सपनाहरूका कारणले।
बा–आमा खुसी छन्
छोरा–छोरी अब नदीमा
नबग्लान् भन्ने आशाले।
नेताज्यू
हर्षित हुनुभो
गर्दनभरि नअटाउने
मालाहरूले,
खादाहरूले,
जनताको भव्य स्वागत
र सम्मानहरूले।
चुनावी आश्वासनकै भरमा
पर्खिरहेका
निर्दोष, निश्चल मनहरू
यसरी नै रूमल्लिएका हुन्।
पक्की पुलजस्ता
आफ्ना मजबूत विश्वासहरू
समर्पण गरेर
बिजयको माला पहिराएका हुन्।
सोझा–सिधा जनतालाई
कंक्रिटको पुलको सपना देखाएर
चुनाव जितिसकेपछि
फेरि अर्को भ्रमको नदी तर्नका लागि
झिनो तुइन बोकेर,
चुनावपछि पहिलोपटक
नेताज्यू
समुद्घाटन गर्न आउनुभो।

मेनका चापागाईं

लेखराम सापकोटा



गजल

म  पत्थरहरु  जोडेर  उचाइ  दिन  चाहन्छु

त्यो दोस्रो सगरमाथा हुनेछ बताइदिन चाहन्छु

 

बालक, बृद्ध, असहाय जो जो भेटिन्छ सडक छेउ

बाटो  कटाउन  उसको हात समाइदिन चाहन्छु

 

भरिया बिसाउँदै फेरि बोक्दै देउराली पुग्छ

कुनै मोसा उसको भारी उठाइदिन चाहन्छु

 

तिमीले रोजेको बाटो गलत ठान्दैछ दुनियाँ

कसरी भनूँ तिम्रो याद मेटाइदिन चाहन्छु

 

छुट्ने बेला मनमा थुप्रै शब्दहरु त्यसै थिए

 तिनै शब्द पोको पारी जलाइदिन चाहन्छु ।

                                   लेखराम सापकोटा

 

सुमनका शेरहरु



         

✎ गजलकार - अविरत सुमन 

१

 कति बाचाहरू छन् अधूरा हाम्रो, पूरा नभएको

यो कस्तो नाता तिमीसँग मेरो, कुनै नाता नभएको

२

केही कुरामा डुबे जस्तो, कतै हराए जस्तो

एक्लो जस्तो, म अधुरो खै के-के जस्तो

 

आधा उमेर कटेपछि, लगभग थाहा भयो

गर्नु पर्ने रहेछ कति कुरा त, नजाने जस्तो

 

बदलिनेहरू समयसँगै एकाएक बदली गए

बाँकी रहे केही यादहरू, चिने-जाने जस्तो 

 

३

र यो पनि त, थाहा छ मलाइ

तिमिलाइ फुल, काँडा छ मलाइ

 खुशी हो मेरो भागमा आधा परेको

दु : ख त, सारा को सारा छ मलाइ

 

४

आँखा कुन, मुटु कुन, धड्कन कुन, तिम्रो मेरो 

उही धर्ती, उही आकाश, उही जुन , तिम्रो मेरो 

 

५

उसले छोडेर गएको दिनदेखी , हरेक रात आज भोली

मलाइ त निँदले पनी आँखा तरेर , आउँछ आँखामा

 

६

यस्तै हो, जिन्दगी गुज्रिरहेको छ जसोरी, ठिकै छ

तिमी पनि तिमी रहिनौ, म पनि छैन म जस्तो अब त

 

७   प्रतिक्षा गर्नुहोस  .....

 


 

 

Friday, September 1, 2017

बालकविता –खेलौँ डण्डीबियो

रमेशचन्द्र घिमिरे

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो
खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’ सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न
धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो ‘
बिना’ तिमी बैनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू
खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो
डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ
बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

Thursday, December 1, 2016

गजल

उडाउछ कि त मेरै घरको धुरी डर छ मन भित्र
किन यसरी चलिरहेछ हुरी डर छ मन भित्र

मलाई ज्युदो लास बनाउनेकै माया मुटुमा
किन छ यसरी मुरी का मुरी डर छ मनभित्र

अब कहिल्यै नभेट्ने भनेर छुट्टिएका हरुलाइ
भेट्न कस्तो आतुरी डर छ मनभित्र

किन फ्यालिन जन्माएर आमाले मलाई नालिमा
कतै ठुलै थियो कि त मजबुरी डर छ मन भित्र


अचेल म बच्चाहरु रोएको आवाज सुन्दिन
साच्चै भएकी त निष्ठुरी डर छ मन भित्र।


@मुक्तक 
बितेका कुरा याद आउँछ ऎना हेर्यो भने
तब मात्र पूरा याद आउँछ ऎना हेर्यो भने।

खाली मात्र मेरो सिउदो बाकी थियो तिम्ले भर्न
सपना अधुरा याद आउँछ ऎना हेर्यो भने।

#नयन

Thursday, November 26, 2015

ए आमा

मुक्तक 

ए आमा रोए तिम्लाइ भाग्यले छल्दा
चिता माथी तिमी बसि भत्भती जल्दा
दैबले नि मै माथी किन अन्याय गर्यो
बेहोसी नै भए तिमी मेरै अगि ढल्दा

2)

आमा तिम्ले छोडे पछि डाकै छोडि रोए
अन्तिम क्षणमा तिमी बाट काखै छोडि रोए
तिम्रो सास चल्न बाट मन्द हुदा खेरी
तिमी बाट धडकनको चालै छोडि रोए

                                      अर्जुन आचार्य
                          बाणगङा 16 जिनुवा कपिलवस्तु
                   हाल :- बुटवल 5 रुपन्देही

Tuesday, September 16, 2014

गजल

पुरु लम्साल 

यी मान्छेहरूको लस्कर सम्झेर ।
रोकिन्छन् पाइला सफर सम्झेर ।।

झरी परे पछि मन पोल्न थाल्छ ।
बुढी आमा र चुहिने घर सम्झेर ।।

कहिले ठोकिन्छु कहिले टुक्रिन्छु ।
अचम्म लाग्छ यो खप्पर सम्झेर ।।

माझीको जिन्दगी नाउमै बित्यो ।
कोही पनि फर्केनन् बगर सम्झेर ।।
मैले फूलै फूलको उपहार पठाएँ ।।
उनले मिल्काइदिइन् पत्थर सम्झेर ।।

हज़ज़[बिधाता]बहरमा एउटा गज़ल :-


बूँद राना

हजारौं नाममा एउटा छ प्यारो नाम सम्झन्छु !
गज़लको बन्दना गर्दै म मोतीराम सम्झन्छु !

कतै एकान्तमा पर्दा मलाई aपीर लाग्दैन ,
म संगै साथमा हिंडने युवाको लाम सम्झन्छु !

कहाँ भौंतारिंदै जानु र गोता के भनी खानु ,
म मैले पूजने माटो धराकै धाम सम्झन्छु !

तुवाँलोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो ,
म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु !

हमेशा मात दी ठग्ने मदीरा के गरूँ मैले ,
नशा हो सिर्जना मेरो गज़ल हो जाम सम्झन्छु !

अरू पालो गरी आए खडेरी चैं मिची आयो ,
अझै पत्तो न लागेको बसन्ती याम सम्झन्छु !

उसैको चोटले गर्दा छ आफै घाइते किन्तु ,
शहरमै जिन्दगी छर्ने गरेको गाम सम्झन्छु !

पराइ स्वार्थमा जीवन दिनेको नाम के बिर्सुं ,
चिठीको नाममा शूली सकार्ने खाम सम्झन्छु !

कुनै केही कुरा आफ्नो भनेको ठाउँमा छैन ,
यहाँ आराम के सम्झुं छ धेरै काम सम्झन्छु !!!!

बहार वनेर


अर्जुन दृष्टि पौडेल 

 कविता
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले 
झरेको फूल सम्झेर 
मलाई कुल्चीदियौं÷पाउमा राखी दियौं । 
म तिम्रो नयनमा बसेको थिए  
तर तिमिले 
आशुले पखालेर वगाई दियौं । 
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु 
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।

पोखरा

Monday, September 15, 2014

''प्रकृतिको आवहान''

विवश एस.बि चौलागाईं

कहीले चिसोसिरेटो बनेर
कहीले झम झमी बर्खे झरी झै
पुर्णीमाको रातमा बगरका ढुङ्गा
टल्क टल्के झै
थकित बटुवाको थकान मट्ने
चौतारि बनेर
कसैलाई जिउने आधार
कसैलाई पिउने आधार
तराईको फाट फाटमा
पहाडको टाकुरा टाकुरीमा
विश्वको सबोच्च शिखर बनेर
टिलीक्क टल्कीरहन्छीन
उनी
भेटीन्छीन
बस्ती बस्तीमा कवि मेरो
अस्मीता छेकीदेउन तिम्रा
ति शुन्दर शब्दले रङ्गीएको
पाना पानाले भन्दै
सुन्दैछु चारकोसेका मृगशाबक हरु
लन्च डिनर गर्न शहर पस्दैछन
आज नागबेली यार्सागुम्बा फल्ने ठाउमा
भोली चिल्ला चिप्ला मोटर गुड्ने छन
धुवॉको मुस्लो छोड्दै
तिमि आजको फोटो कैदगर
अनी भोली पल्टाएर हेर
सोच फरक के पायौ?
तिमि कविता भन्दा धेरै
मेरो स्याहार सुसार गर
हो कवि फेरि पछुताउने छौ
उनले त बिन्ती गरेकी थिइन भन्दै
नत्र जलीरहेको मरुभुमीमा
तिर्खाएको उंट झै
बौलाउन पर्ला प्रकृति प्रकृति भन्दै
कवि मेरो बेदनाको कविता लेख

/bibashchaulagain1994@gmail.com
Hetauda-5 ,now
Banepa-10, Kavre

गजल

घनश्याम परिश्रमी 

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब

पीर होस् कि खुसी सँगै भोग्नु पर्दछ
मधेस, पहाड र हिमालले अब

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नु पर्छ नयाँ सुर तालले अब

हामी लक्ष्य भेट्न हिँड््रयौँ बेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

युद्धको सञ्जाल टुटोस् मनहरु मिलून्
ज्योति छरोस् शान्तिको मसालले अब

Sunday, September 14, 2014

यादको गुलाब

ईश्वरमणि अधिकारी , 

कविता

 यादै यादमा फक्रन्छ गुलाब 
प्रेमगीत गुन्गुनाउँछ हृदय 
अमर हुने भनेको त 
यादहरू न हो ! 

यादहरूको शृंखला अनन्त छ 
याद गर्दैमा हर्जना तिर्न नपर्ने 
कर तिर्न नपर्ने सपनाको
 भो , भैगो 
मलाई सपनाको आधा चेहरा काफी छ ! 

सपना कै आकाश मार्ग भएर
 एक जोर सपना
 उड्दै गरेको देखेथें सपनामा
 त्यही सपनाको प्यासले 
सपना पर्खन्छु म हर रात
 अमर हुने भनेको त
 पर्खाई पनि हो !
 
हर याम , हर बखत
 हृदय भरि फुल्छ , फुलिरहन्छ 
कहीं आधा , कहीं सिङ्गै 
अजम्बरी 
यादको गुलाब !!

पोखरा

सल्लाह सुझावको अपेक्षा राख्दछु