Sunday, September 23, 2012

नभुल सानु


गजल
रामकृष्ण पौडेल अनयास

एक्लै कराए भने सोध्न नभुल सानु
अकस्मात हराए भने खोज्न नभुल सानु

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सानु

सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले
तिमि मन पराए भने सोच्न नभुल सानु

हर सारा धड्कन तिमि हौ भन्छु सबै माझ
गल्ति मैले गराए भने दोस्न नभूल सानु

बेहोसीमै अचेल सवलाई तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए भने घोच्न नभुल सानु

भरतपुर- 13,गजलकुन्ज चितवन

आफ्नो डोली आज आफै


रामकृष्ण पौडेल "अनयास"

आफ्नो डोली आज आफै पराईलाई आन्माउनु
ठुलो घरमा सुखी संसार उस्कै सन्तान जन्माउनु

समाजले केही गरि दोषि तिम्लाई ठान्यो मने
मेरै बद्नाम गरि आखिर नाम तिम्ले कमाउनु

सँगै ज्युने मर्ने वाचा ,कसम सवै तोडेपनि
अतित सारा बिर्सिएर सुहाग सँग रमाउनु

बियोगमा छट्पटिदै प्रण त्याग गर्दा खेरी
ब्रत बस्दै स्वामी,सिंन्दुर,सौभाग्यलाई लम्माउनु

अन्तिम चोटी तुलसीको पानि मुखमा पर्दा मेरो
तिम्रो चिनो फिर्ता गर्छु मलाई आई संम्झाउनु

भरतपुर- 13, गजलकुन्ज चितवन

अहो !


अहो !
हिमालचुली मन्तिर
ईश्वरको बगैचा
मेरो गाउँशहर कस्तो भो होला!
जहाँ यौवन निचोरेर
देउराली रङ्गाउने
ललिगुरासका आँखाहरुमा
बैँश फुल्दथे
स्वप्न फुल्दथे
हुरिको बेताल तबलामा पनि
झ्याँुकिरिहरु झरनाहरुसँग
खोलाहरुसँग सरगम सिक्दथे
मधुर आवाज खनाएर
गौथलिहरु,जुरेलिहरु
प्रणयलीलामा डुबिरहन्थे
कटुस्,काफल ऐसेलुका बोटहरुमा
प्राण फल्दथ्यो
बिघ्न पसिनामा पिपलका जराहरु
ढुङ्गा फोरिरहन्थे
त्यही डबलिमा प्रतेक साँझ
झ्याँुकिरिहरु मर्स्याङ्दिसङ्सङै
सम्बेदना अलापिरहन्थे,
नानीहरुलाई लोहोरी सुनाउदै
त्यही पलेटिमा
बैँशले उन्मत्त जुनहरु
पुष्पपुन्जबाट ओर्लेर
लतिकाहरुलाई नशा पिलाउ थे
कोपिलाहरुलाई न्रित्य सिकाउ थे
अनी सुटुक्क दुर आकाश उक्लन्थे
रात सोहोरेर,सुन्दर स्वप्न छिचोलेर
क्षितिजबाट घामहरु पठाउथे
मेरो गाउँशहर सम्म
प्रतेक धर्सामा,प्रतेक पखुरामा
-मर कलाहरु भरेर
हठात!
यो -गौडा समयले टपक्क टिपेर
कहाँ पुरायो कहाँ

Som Ghimire

सल्लाह सुझावको अपेक्षा राख्दछु