कविता
आमा र ममता
एक मिर्मिरे बिहानी
सुर्यले हानेको पहिलो सुनौलो तिर
घरको दलिनमा पर्छ,
दलिनको फेदीमा
जीवन र मृत्युको दोसाधमा रहेका
एकजोडी नवजात पन्छी
आफ्नो प्राणको भिक मागिरहेका छन्
जिन्दगीको सुरुवातको पहिलो चरणमा
आफ्नो परिक्षण गर्दै थिए होलान्
ईन्जिन र पंखाहरु पूर्ण रुपमा
मजबुद भएकि भएनन् भनेर,
दिन संगै सपनाहरु हुर्काएर
स्वतन्त्र हुन चाहन्थे होला बिचरा !
आज आँखा बाट जीवनको
खुशी पोखिएको छ
सायद आमा नै हुनु पर्छ उनीहरुको
घटनास्थलमा अचेत भई
बस्त्रहरु फिजाउदै एकनासले
चिर् चिर् आवाजमा
गुहारको शब्दहरु निकालि रहेकी छे,
त्यहाँ मानविय प्रेम भन्दा धेरै
पबित्र प्रेमको
अश्रुधाराले कोलाहल मच्चाई रहेको थियो
उसलाई उदाउदै गरेको घामको अनुहार पनि
धमिलिएर हराएझै लागेको छ होला ,
पक्कै बावु भने सयौ आमाको
गर्भमा अण्डा हुर्काउन उड्दै होला
जस्का भाले पनि यस्तै हुन्
गर्भिणी बनाएर पुरुषार्थ देखाउन चाहन्छन्
मेरा मस्तिष्कका तारहरु
त्यो मातृ स्नेहले एक्कासी सट गराए पछि
यि अनाम औलाहरुले
मधुरो बतासमा मिसिन लागेको प्राण
आफ्नो हत्केलाले छेक्दै
जीवनको आरम्भ नया बिहानी बाट
गराउन सफल हुन्छ
रामकृष्ण पौडेल ''अनायास''
भरतपुर ,१३ कविडाँडा चितवन
एक मिर्मिरे बिहानी
सुर्यले हानेको पहिलो सुनौलो तिर
घरको दलिनमा पर्छ,
दलिनको फेदीमा
जीवन र मृत्युको दोसाधमा रहेका
एकजोडी नवजात पन्छी
आफ्नो प्राणको भिक मागिरहेका छन्
जिन्दगीको सुरुवातको पहिलो चरणमा
आफ्नो परिक्षण गर्दै थिए होलान्
ईन्जिन र पंखाहरु पूर्ण रुपमा
मजबुद भएकि भएनन् भनेर,
दिन संगै सपनाहरु हुर्काएर
स्वतन्त्र हुन चाहन्थे होला बिचरा !
आज आँखा बाट जीवनको
खुशी पोखिएको छ
सायद आमा नै हुनु पर्छ उनीहरुको
घटनास्थलमा अचेत भई
बस्त्रहरु फिजाउदै एकनासले
चिर् चिर् आवाजमा
गुहारको शब्दहरु निकालि रहेकी छे,
त्यहाँ मानविय प्रेम भन्दा धेरै
पबित्र प्रेमको
अश्रुधाराले कोलाहल मच्चाई रहेको थियो
उसलाई उदाउदै गरेको घामको अनुहार पनि
धमिलिएर हराएझै लागेको छ होला ,
पक्कै बावु भने सयौ आमाको
गर्भमा अण्डा हुर्काउन उड्दै होला
जस्का भाले पनि यस्तै हुन्
गर्भिणी बनाएर पुरुषार्थ देखाउन चाहन्छन्
मेरा मस्तिष्कका तारहरु
त्यो मातृ स्नेहले एक्कासी सट गराए पछि
यि अनाम औलाहरुले
मधुरो बतासमा मिसिन लागेको प्राण
आफ्नो हत्केलाले छेक्दै
जीवनको आरम्भ नया बिहानी बाट
गराउन सफल हुन्छ
रामकृष्ण पौडेल ''अनायास''
भरतपुर ,१३ कविडाँडा चितवन