सवाल जवाल (1)
रामकृष्ण पौडेल"अनयास"
तड्पाएर मनलाई दुई किनारामै
छाड्दै ठुले
मुग्लान पस्यौ हामि दुईको
चोखो प्रेम मार्दै
ठुले ।
न गतिलो बास अनि
छाक टार्ने गास
छैन
भोक भोकै आदिपेटमा
बसे दुःख काट्दै
ठुले ।
कहिले आउछौ साहुको
ऋण तिर्न पाए
हुन्थ्यो भन्दै
भारि बोक्छु घाँस
दाउरा खोलानाला तार्दै
ठुले ।
चुहिने घरको छानो
अनि एकहात बस्त्र
जोर्न आखिर
बस्नु पर्यो दुःख
सहि कर्म सँग
हार्दै ठुले ।
अईचो पैचो मेला
पर्म गर्दै जिवन
काटौला नि
फर्क स्वदेश बाँचौला
भो , दुःख सुख
टार्दै ठुले ।
जवाफ
मुटु भित्र माया
साँचि मुग्लान पस्नु
पर्यो कान्छि
स्वदेशमा रोजगार छैन यतै
बस्नु पर्यो कान्छि
।
गरिबिको पेटमा लात मार्ने
धेरै हुन्छन यहाँ
त्यसैले त गास
खोज्न कम्मर कस्नु
पर्यो कान्छि ।
जाएजेथा सबै साहुको
तिम्रो आदिपेट संझि
तिर्न सबै नपुगेसि
यतै फस्नु पर्यो
कान्छि ।
जे लेख्या छ बिधाताले
त्यहि हुन्छ भन्दा
आखिर
खोस्यो भाग्य र त आज तलै
खस्नु पर्यै कान्छि
।
कति खुट्टा मोल्नु र
खै तिम्रो काख
छाडि यहाँ
आफ्नै देशमा आर्जन
हुने केहि रच्नु
पर्यो कान्छि ।
--------------------------------------------------------------------------------
गजल
सवाल जवाफ (2)
रामकृष्ण पौडेल अनयास
संप्तरंगी टिका माला
अर्को साललाई राख
बैनी ।
आउँदो भाइटिकामा मलाई,
अलि छिट्टै डाक
बैनी
सबको निधार भाइटिकाले
सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु
बढोस्, भन्दै देवी भाक
बैनी ।
नजाऊँ त बल्दैन
खैं चिसो हुन्छ
घरको चुलो
कमाएर आउँदा तिहार
खाउँला मिठो छाक
बैनी ।
जसो तसो पालो
पैँचो, गरी सास
त राखेकै थे
ओत बस्ने घर
मात्र चाहिँदो रैछ
गाँस बैनी ।
पीर नगर अर्को
पटक कसो भेट
नहोला र
छिट्टै आउछु के
बस्थेँ र बिदेशीको
दास बैनी ।
जवाफ
सरस्वति न्यौपाने
सयपत्रि र मखमलि
फुल उन्छु दाजु
भाईटिकामा
सधै जस्तै यसपालि
नि रुन्छु दाजु
भाईटिकामा ।
सब ले टिका
माला लाउदा संझन्छु
म तिमिलाई नै
हर्के दाईनि आउँदै
छन् रे सुन्छु
दाजु भाईटिकामा ।
मिठो पिठो जे
छ घरमा रमाएर
खाउँला बरु
धन सम्पत्ति हैन
माया चुन्छु दाजु
भाईटिकामा ।
दुःख सुख मेलापात
गाउँमै गासबास जोडौला नि
फर्क स्वदेश यहाँ
एक्लै हुन्छु दाजु
भाईटिकामा ।
बिदेशिको दास बनि
नबस भो छिट्टै
आउ
सँगै बस्ने रहर
सपना बुन्छु दाजु
भाईटिकामा ।
--------------------------------------------------------------------------------
सवाल जवाफ (3)
सवाल
सरस्वति न्यौपाने
सानै छुनि बाबा
अहिले बे को
उमेर भाको छैन
बिश्वास गर्नुस छोरिमाथि ईज्जत
फालि गाको छैन
।
जुन संकारमा हुर्काउनु भो
त्यहि संकारमा रमाउदै
छु
सरलतालाई त्यागि आज डिस्को
तिर धाको छैन
।
दुनियाको कुरा सुनि
नलगाउनुस् झुटो आरोप
मायाप्रेम छैन कतै
बाचाकसम खाको छैन
।
तिम्रो घरमा जग्या
बनाई आँगनपोलि जान्छु
बाबा
आजसम्म मनले खाको
योग्य बर पाको
छैन ।
पढ्छु बाबा अझै
केही साल धनसम्पत्ति
मागेछैन
साधाजिवन उच्चलाग्छ आडब्बरी चाको
छैन ।
जवाफ
रामकृष्ण पौडेल अनयास
दुनियाको छोरीले नाक कट्दै
गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो
उमेर सोर्ह्र सालमा
टेक्दा छोरी ।
रितिरिवाज परम्परा तोड्दै मोड्दै
जादा अचेल
साथि संगत जान
सक्छ आफ्नै मनलाई
छेक्दा छोरी ।
तिम्रो बारे नानाथरि
हजारकुरा गर्छन अचेल
सुन्दा मर्नु बाँच्नु भए
सबले आज हेप्दा
छोरी ।
गाउँका सारा जुटाएर
कन्यादान त गर्ने
सोच हो
मनले आँट्य़ा पुगेन
खै ब्यवाहारले चेप्दा
छोरी ।
बुद्ध बन सिता
बन ज्ञानको ज्योति
छर्नु पर्छ
ठुलो मान्छ यहि
समाजले धेरै पढ्दा
लेख्दा छोरी ।
--------------------------------------------------------------------------------
रामकृष्ण पौडेल
हामि दुईको बिचमा सरु
कुलघरान जात थियो
धनि गरिव आकाश
पाताल संम्बन्धको बात
थियो ।
मेरो हातको चल्ने भए
बाँड्थे आधि गास
पनि
बार्न खोज्नु चुलोचौको
तिम्रो ठुलो मात
थियो ।
धुरि खाम्बो भाँचिएको चुहिने
खरको छानो मेरो
के निदाउथ्यौ खाने
बस्ने भिन्ऩा भिन्ऩै
खाट थियो ।
रगत एउटै भएपनि
छुदा सुनपानि छर्कि
सम्पत्ति र जात
दाँज्नु आखिर तिम्रो
घात थियो ।
ईज्जत ढाक्ने एकहात बस्त्र
मुख जोर्ने गास
अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो
हात थियो ।
--------------------------------------------------------------------------------
सवाल जवाफ (5)
सरस्वति न्यौपाने
सवाल
तिमि र म सँगै बसि
पढ्दा कुरा काट्छ
समाज
पँधेरीमा सँगै पानि
भर्दा कुरा काट्छ
समाज ।
पवित्र यो संम्बन्धमा
गिद्धे नजर लाउन
खोजि
क्यम्पस जादा एउटै
साईकल चढ्दा कुरा
काट्छ समाज ।
रगतको नाता होईन
मनको नाता गाढा
हाम्रो
सँगै बसि कुरा
कानि,गर्दा कुरा
काट्छ समाज ।
तिमि सँगै मेलापात
जादा अनि वनपाखा
घाँस दाउरा गर्दै
भन्ज्याङ, झर्दा कुरा काट्छ
समाज ।
पुग्नु पर्ने खोलापारी आको
रै छ ठुलै
बाढि
हात समाई सँगै
खोला तर्दा कुरा
काट्छ समाज ।
जवाफ
रामकृष्ण पौडेल
तिम्रो मेरो संम्बन्धमा,कुरा काट्छन
काट्न देउ
चोखो प्रेम मार्न
समाज,जे आँट्नेहुन
आँट्न देउ ।
दैव लागोस् गाउँले लागुन
जिन्दगिभर छुट्टिदैनौ
वरपिपलको हाम्रो जोडी नास्ने
भए नास्न देउ
।
मुटु धड्कन हाम्रो एउटै
रगतको कुरै छाड
यति हुदा आरोप
लाउन आँट्छन भने
आँट्न देउ ।
लेकवेशि बनपाखा मेलापातमा लाउदा
माया
अपराधि हुन भन्दै
फोटो, टाँसे देखुन
टाँस्न देउ ।
बाँच्दा सँगै मर्दा
हामि एकै साथ
मर्नु पर्छ
भन्दै खोला तर्दा
आखिर के ढाँट्ने
हुन ढाँट्न देउ
।
सवाल जवाफ (6)
रामकृष्ण पौडेल अनयास
सवाल
म एक्लै कराए
भने सोध्न नभुल
सरु
अकस्मात हराए भने
खोज्न नभुल सानु
।
यौवनले भरीएको जोवन तिम्रो
देख्दा आखिर
आजआफै डराए भने
रोज्न नभुल सरु
।
सपनिमा बर्बराउदै तिम्रो नाम
लिदा मैले
तिमि मन पराए
भने सोच्न नभुल
सरु ।
हर सारा धड्कन
तिमि हौ भन्छु
सबै माझ
गल्ति मैले गराए
भने दोस्न नभूल
सरु ।
बेहोसीमै अचेल सवलाई
तिमी भन्दै बोलाउदा
आदी निदमै जगाए
भने घोच्न नभुल
सरु ।
जवाफ
सरस्वति न्यौपाने
तिमि एक्लै कराउदा डराउछु
अनयास
बिहोसिमै हराउदा कराउछु म
अनयास
यौवनले हैन तिम्रो
यो मन लाई
सोधि हेर
आज भोलि तिमिलाई
मनपराउछु म अनयास
।
तिम्ले जस्तै मैलेपनि देख्छु
अचेल सपनिमा
निन्द्राबाटै झस्किएर बर्बराउछु म
अनयास ।
मत तिम्रो धड्कन भए
तिमी मेरो मुटु
नै हो
गल्ति होईन सही
बाटोमा डोराउँछु म अनयास
।
प्रेम मा पागल
बनि बेहोसि मै
नहिड्नु है
दिवा सपना देख्नु
हुन्ऩ बुझाउछु म
अनयास ।
सवाल जवाफ (7)
रामकृष्ण पौडेल अनयास
सवाल
भाग्यमानी रैछौ सरु
ठुलै घरमा परिछौ
रे
सँगै ज्युँछु मर्छु
भन्थ्यौ आज बिहे
गरिछौ रे ।
झुप्रो प्यारो तिम्रो घरको
चुहिने छानो भए
पनि
भनने हिजो तिमी
नै हौ महलमा
सरिछौ रे ।
डोली चढ्दा कस्ती भैछौ
अन्तिम पटक हेर्छु
भन्दै
खोला वारी बाटो
कुर्दा पारी पुल
तरिछौ रे ।
वाचा कसम हजार
थिए साथमा तिम्रो
चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा
बेँसीबाटै झरिछौ रे ।
मलाई ज्युदै जलाएर पराईलाई
साथ दिदै
मेरै अस्तु सिँन्दुर
बनाई सिँउदो तिम्ले
भरिछौ रे
जवाफ
सरस्वति न्यौपाने
गर्दिनथे मैले बिहे
बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज,
आफै भित्र मरे
कान्छा ।
भगाएर लैजाउ भन्दा
आँट गर्न सकेनौ
खै
पराईको सिँदुर लगाई अन्तै
बिहे गरे कान्छा
।
घुम्टो बाट चिहाई
हेरे देख्छु कि
त तिम्लाई भनि
अन्तिम चोटी भेट्छु
भन्दै डोली बाटै
झरे कान्छा ।
तिम्रो माया मेरो
संसार दैव लाग्यो
हामि माथि
महल भित्र खुशि
छैन चिहानमै सरे
कान्छा ।
खुशि अनि सपना
सँगै म पनि
त जल्दा आखिर
आफ्नै अस्तु आज
आफै सिँदुर बनाई
भरे कान्छ ।
सवाल जवाफ (8)
सवाल
रामकृष्ण पौडेल "अनयास"
हामि दुईको बिचमा
सरु कुलघरान जात
थियो
धनि गरिव आकाश
पाताल संम्बन्धको बात
थियो ।
मेरो हातको चल्ने
भए बाँड्थे आधि
गास पनि
बार्न खोज्नु चुलोचौको
तिम्रो ठुलो मात
थियो ।
धुरि खाम्बो भाँचिएको
चुहिने खरको छानो
मेरो
के निदाउथ्यौ खाने
बस्ने भिन्ऩा भिन्ऩै
खाट थियो ।
रगत एउटै भएपनि
छुदा सुनपानि छर्कि
सम्पत्ति र जात
दाँज्नु आखिर तिम्रो
घात थियो ।
ईज्जत ढाक्ने एकहात
बस्त्र मुख जोर्ने
गास अनि
बाँचुन्जेल साहाराको खाँचो तिम्रो
हात थियो ।
जबाफ
-सरस्वति न्यौपाने "सरु"
दुनियाले बनाएको जातमा खसे
आँसु मेरा !
बीच बाटोमै छाडी
दिने बातमा खसे
आँसु मेरा !!
जात भन्दा माया
ठुलो भन्थे सधैं
आट गर्नु !
दोष लगाई लत्याई
दियौ लातमा खसे
आँसु मेरा !!
महलमा हैन मैले
तिम्रै मनमा वास
मागें !
कोमल मन हैन
रैछ पातमा खसे
आँसु मेरा !!
दुनियाले जे भने
नि माया गरें
तिमीलाई नै !
तिम्रै यादमा अन्धकार रातमा
खसे आँसु मेरा
!!
कायरताको बिष पियौ,
समाज संग हार्यौ
अनि!
रुदारुदै पुछ्दै थिए हातमा
खसे आँसु मेरा
!!