Showing posts with label हाईकू. Show all posts
Showing posts with label हाईकू. Show all posts

Wednesday, September 5, 2012

हाईकु

(१)
नेपाली पन
बिदेशी सांकृतिले
हरायो आज ।

(२)
माया र प्रेम
ओईलाएको फुल
महत्वहीन ।


(३)
बैनिको आँखा
बिदेशीएको दाई
तिजको बेला ।

Tuesday, September 4, 2012

आँसु र हाँसो

(१)
आँसु र हाँसो
मिलन र बिछोड
गडेको प्रेम


(२)
अनयासको
पानामा तिम्रौ बयान
सधै भरिनै


(३)
जिउदो मन
जलाउदा घाटमा
तिम्रो प्रतिक्षामा

Wednesday, August 29, 2012

नेपाली पन












(१)
नेपाली पन
हराउँदै छ आज
उजाड पाखा

(२)
शान्तिको चाहा
नेपालीको ईच्छा यो
 हुदैन पुरा


(३)
रक्ताम्य आज
आशाको हत्या गर्दै
उजाड देश

(४)
हत्या र हिँसा
जनताको भावना
उडायो सबै 


(५)
विवशतामा
जिवन सधैभरी
एक्ला एक्लै भो ।

सल्लाह सुझावको अपेक्षा राख्दछु