Thursday, December 13, 2012

सजाउछु आँखाको नानिमा

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज

सजाउछु आँखाको नानिमा
लोभिए आज जोवनिमा ।

मुस्कानले ज्यानै मार्दै
फसायौ तिम्रो बानिमा ।

मातै मिठो पिरतिको
हराए मायाको खानिमा ।

तिर्खामेट्ने तिमि हुदा
के स्वाद त्यो पानिमा ।

मागेकोत दिन्छु भन्छ्यौ
भुलायौ फेरि कहानीमा ।

भन्छ मनले...

Arjun Paudel
Pokhara

आज फेरी माया छुट्यो भन्छ मनले
एक्लै छाडी अन्तै जुट्यो भन्छ मनले

हाँसो खुसी सँग जीवन वित्ला भन्दा
सुख मेटी व्यर्थै लुट्यो भन्छ मनले

छाती खोली मायाकै वयान गर्दै गर्दा
सिसा सरी भाग्य फुट्यो भन्छ मनले

जुनी भर सम्म लाको प्रीर्तीले आखिर 
मुटु धुजा पारेरै चुट्यो भन्छ मनले 

कुनै कुनै मन..

फुच्ची जमुना

कुनै कुनै मन किन यति निठुर हुन्छ
एकदिन त उ दयावान जरुर हुन्छ

पिरती मामिलामा हिरासत पर्छ जब
तब कानुनी नजरमा उ कसुर हुन्छ

सबुत खोज्दै हिड्दा धमिराको पोलोभित्र
पाना नभेटेपछि उ कैद मज्दुर हुन्छ

तारिख झेल्दा झेल्दै थकित भएता पनि
कट्घरामा पुगेपछि महिसासुर हुन्छ

चिच्याउछ,कराउछ,कोलाहल् मच्चाउछ
सबुत बिना त कसरी बेकसुर हुन्छ

अजम्बरी प्रितको नाता..


Bishnu Sangroula
अजम्बरी प्रितको नाता,अर्कै सँग लायौ अरे
जनम जनम साथ दिने,कसम पनि खायौ अरे

खुशी मिलोस् सधैँ भरी,बधाई छ तिमीलाई 
खोजे जस्तै रोजे जस्तै,बर तिम्ले पायौ अरे

छुइन दुखि,खुशी मिल्दा,म नी त्यसै गर्थे होला
कुरा काटी मेरो तिम्ले,उसकै गुनगान गायौ अरे

मेरो भन्दा धेरै माया,दियोस् उसले तिमीलाई
भुली सबै अतितहरु,उसकै पछी धायौ अरे

देख्ने सुन्ने भन्दै थिए,नदुखे झैँ गरी सुने
सम्झनामा छ ऊ भन्दै,उसको दिलमा छायौ अरे 

प्रदेशको जमिन दिन

प्रजित कुवँर एकल यात्री
थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला..

प्रदेशको जमिन दिन ढाल्नै गाह्रो ।
स्वदेशमा महङ्गी छाक टाल्नै गाह्रो ।

महङ्गीले आकाश छोयो गर्ने के..
घर परिवार जिबन सम्हाल्नै गाह्रो ।

दिनरात नभनी काम गर्यौ मरिमरी..
बच्दैन केही भोको पेट पाल्नै गाह्रो ।

अझ समयमा तलब दिन्न निर्दयीले..
अबुझ साउको मन पगाल्नै गाह्रो ।

रातदिन नभनी पशीन बगायो तर..
घर भने चुल्होमा आगो बाल्नै गाह्रो ।

गजल बैँश खोज्दै छु म !

कमल 'जलन आँशु'
बाबियाचौर 'चार' तिलकपुर सुर्खेत

उमेर छँदै घला को बैँश खोज्दै छु म 
धप्प जोवन बला को बैँश खोज्दै छु म

संगै जिउँला संगै मरौँला भनेर
असति ले गला को बैँश खोज्दै छु म

जति बेला निष्चल थिएँ त्यति बेला को
कसैले न चला को बैँश खोज्दै छु म

बैँश आयो गयो तर पत्तै पाईएन
उमेर ले छला को बैँश खोज्दै छु म

डाँडा माथी घाम छँदै होस पुर्याई न
समय ले ढला को बैँश खोज्दै छु म

न धन न कसैको मन संगै साँटियो
स्याहार गर्दै फला को बैँश खोज्दै छु म 

हो कि जस्तो छ..



Suman raj  Shrestha
कुराले ऊ भगवान हो कि जस्तो छ
व्यवहार हेर्दा मसान हो कि जस्तो छ

धेरै अघि उसको घरमा चोर पसेथ्यो रे
चोरिएको उस्कै इमान हो कि जस्तो छ

केही पागलहरूले लेख्छु–लेख्छु भन्छ
सायद त्यो संविधान हो कि जस्तो छ

उधारो कारोबारले डुब्न लागेको
देश एउटा दोकान हो कि जस्तो छ

राष्ट्रियता खोजी गर्नु पर्यो भने अब
पुग्नुपर्ने हिन्दुस्तान हो कि जस्तो छ 

घाट पुर्यायो पिरतीले...

वेद थापा “बेहोशी”,
सेतीदोभान ७, स्यांजा

घाट पुर्यायो पिरतीले खोज्दैछु म बास कीन,
निष्प्राणबन्न हतारिंदो खोज्दैछु म सास कीन,

मेरो अन्त्य आयोकी वा पिरतीले मारेको हो,
सरसाम्दोछु अझै तर कसले भन्यो लाश कीन,

हुनसक्छ भर्पाईमा ल्याप्चे सही लगाईनकी,
तर सिंगो जीवनमेरो पिरतीको दास कीन,

जेभनेनी सही दिउंला सुहाउंछ राउटे झनै,
तड्पाउन पिरतीको खोस्यौमेरो गास कीन,

मेरो आकाश मेरो धर्ती मात्र मेरो पिरती हो,
बैगुनीले तान्यौ तिम्रो सहाराको हात कीन ।

हतारिदै आउने ..

Surendra Poudel Astafal

हतारिदै आउने त्यो हुरी थियो ,
हरपल रूवाउने दूरी थियो ।

तिम्रो अनुहार पढेर यत्ति रोएँ ,
रूनैपर्ने सत्य त्यो मजबुरी थियो ।

म हारेपछि मात्रै तिमीले जित्यौ ,
शायद यहि अन्तिम मञ्जुरी थियो ।

पर्खेरबसेँ सँम्झनाको दीयो बाली ,
फर्केर न आउने त्यो निष्ठुरी थियो

धुप भयो जीन्दगी


गजल
लास माथि सल्काएको, धुप भयो जीन्दगी।
दुनियाँले थुके पछी, चुप भयो जीन्दगी।

तिमीलाई आफ्नो सम्झी, छाती भित्र लुकाउँदा,
कालो मैलो पोतिएको, रूप भयो जीन्दगी।

मिठो मायाँ बनाको थें, तिमीलाई खुवाउन,
तर आज वेस्वादको, सुप भयो जीन्दगी।

गरीबको छोरालाई, मायाँ जाल्मा पारी दिँदा,
एकोहोरो मायाँ गरी, बेकुप भयो जीन्दगी।

तिम्ले साथ छोडेपछी, गाँउ जली घर ढल्दा,
खाडीको यो मुलूकमा, छाप्-छुप भयो जीन्दगी।

@रोशन खड्का -शहरे ८ दोलखा।

पाँच हाइकु



तानातान छ,
दरबारको कुर्सी
तेरो न मेरो।।१।। 

पाकेको मेवा
हेरर टोलाउछु,
टिप्दिने कस्ले ।।२।।

हाम्रो हिमाल
मेरो भन्छ भारत
नेताले देको ।।३।।

संबिधान खै
तुहाएर फालिम
शोसक नेता ।।४।।

बैरागी मन
माकुरीको जालमा
भिरको बाटो ।।५।

रित्तो के भयो र


बचनैमा धार हुन्छ, दाप रित्तो के भयो र !
संगालेर राख्नु प्रित आँङ रित्तो के भयो र !

जानेहरु हाँसी जाउँन्,प्राप्ति चाँह राख्दिन म
बिछोडमा त्याग भए साथ रित्तो के भयो र !

दुख्दीन म टुट्दिन म ,हुँ पहाड फूट्दिन म
सुनामीनै ल्याउँ भन?भाग रित्तो के भयो र ?

भोगाईका पिडा देउ,रित्तो मन भरि दिन्छु
रोइदिन्छु तिमि संगै खास रित्तो के भयो र!

साँच्या'थ्यौ ज्यान मलाई,अन्तै भो?खबर दिनु!
बिदाइमा बिष छोड्नु काल रित्तो के भयो र 

रोएर भएन।


जवानी गयो, रोएर भएन।
नहुनु भयो, रोएर भएन।

यहि फूल मैले चढाएको थिएँ,
फ्याक्नु भो त यो, रोएर भएन।

सास रहेसम्म बाँचि दिनुपर्ला,
पर्खिन्छु म यो, रोएर भएन।

निकै दाग लाग्यो मेरो ईज्जत माथि,
अहँ जाँदैन यो, रोएर भएन।

भर्खर आएको भट्टीबाट 'निरज',
म जस्तै छ यो, रोएर भएन।

आफ्नो मुठी ...


आफ्नो मुठी आँफै भरौं ,दाना दाना जोडेर
स्वावलम्बी बन्न सिकौं ,आना आना जोडेर

भोली का सन्तती लाई , बचाउनु छ केही
पाथी बाट मुरी पारौं , माना माना जोडेर 

बटुवा को ओत लाग्ने , धर्म पाटी बनाउं
ढुँगा माटो टुक्रा पारी , साना साना जोडेर

सयौं थरी जाती बिच , भेद भाव नराखौ
सुन्दर बस्ती बसाउं , छाना छाना जोडेर
....................
(दर्शन योङ्हाङ्)झापा

रहर होईन..


गजल--आचार्य प्रभा
बिआरटि नेपाल 2012-11-11 00:00:00

भत्किएको छतमुनी बस्ने रहर होईन
दुर्गन्धको नालिमा फँस्ने रहर होइेन ।

नियतिले जे अर्‍हायो,गर्ने मान्छे हुँ म
इेमानको पर्खालबाट खस्ने रहर होइेन ।

जस्ले स्वार्थ पूर्ती गर्छ,उ नै बद्नाम् बन्छ
दुर्नामको टिको पनि घस्ने रहर होइेन ।

कुर्सी मोह,पदमोह छैन मनमा केही
बिष छरी साँप जस्तै डस्ने रहर होइेन ।

सेवाभाव साहित्यमा जन्मै बोकी आएँ
लेखनमा कालो टिका धस्ने रहर होइेन 

पीडा बेग्लै छ..


Ganga poudel
सम्झेर तिमीलाई रुनुको पीडा बेग्लै छ/
बाध्यता सगै टाढा हुनुको पीडा बेग्लै छ//

जलेको मुटु बोकी यो छातीको माझ फेरी,
आफैले हात राखी छुनुको पीडा बेग्लै छ//

फुकाई छाती पार्न पाईन प्रफुल्ल मन,
दु:ख साच्नु पर्ने यो कुनुको पीडा बेग्लै छ//

निचोरी आफ्नै घाउ दुखेर रुदै हुँदा म,
नुनिलो आँसुले मुख धुनुको पीडा बेग्लै छ//

विवेक शुन्य भइ चकमन्न हुँदा प्राण,
रोके जस्तो लाग्ने यो मुनुको पीडा बेग्लै छ /

धेरै चोटि खोजे ...


अज्ञात पाल्पाली


धेरै चोटि खोजे मैले ती नजरमा डुल्नलाई
सुनेको छु गार्हो छ रे त्यो दिलमा फुल्नलाई

रक्तकण हरू बनी मिसिए छु रगतमा 
देखिदैन नसा भित्र घुलेको छु घुल्नलाई

खोजेको हुँ मैले पनि फाँट भरी झुल्न भनी
कति मज्जा हुन्थ्यो होला पाए देखि झुल्नलाई

पानी परी सके पछी देखिने त्यो आकाश झैं
रहर छ मलाई नि त्यसरी नै खुल्नलाई

नबिर्सनु तिम्ले पनि बिर्सन्न ल मैले पनि
पाप लाग्छ यदि तिम्ले खोज्यौ भने भुल्नलाई 

#मुक्तक #


Ganga poudel

हिजो भन्दा आज नौलो लाग्यो किन किन?
पंक्षी बनि उड्ने ईक्षा जाग्यो किन किन??
निरजको घुम्टो ओढी लुक्ने चाह थियो,
आज फेरी त्यहि आशा भाग्यो किन किन??

सल्लाह सुझावको अपेक्षा राख्दछु