Thursday, December 13, 2012

छ आखा यता फेरि सम्बाद उतै भो ।


दिवाकर स्वप्नील
छ आखा यता फेरि सम्बाद उतै भो ।
(सम् बाद्=२२)
भजी देव ऐश्वर्य सौगात उतै भो ।
(सौ गा त्=२२)


जगाएर आशा उठाएर चाहा
म सोच्थे चुमौला दुवैहात उतै भो
(दुवैहात्=१२२)


न छुन्छौ कसैले भनेथेँ कसोरी
पगाल्दै धरा यो सुहागरात उतै भो
(सुहाग् रात्=१२२)


झरेको उचाल्ने छ कोही कुसुम त्यो ?
(कुसुम्=१२)
बुझेनौ कुरा प्रिय आघात उतै भो ।
(प् रि य=२१,आघात्=२२)


दबाई छ तीतो नमाने तिमीले
भनेथे कुनैदिन् खराब् ख्यात उतै भो ।
(कुनैदिन्=१२२,खराब् ख्यात्=१२२)


रुपैले डुबेका यहाँ छन् हजारौ
(छन्=२)
छहारी न पायौ चिहानघाट उतै भो ।
(चिहान् घाट्=१२२)

1 comment:

सल्लाह सुझावको अपेक्षा राख्दछु