Thursday, November 1, 2012

काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा


-अशोक राई 
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो उनको हरेक कवितामा कुनै सीमा छैन जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल सहज भाषामा अनि आफ्नै कलामा हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा तरीका हुन्छ ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ जुनसुकै बिषय भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन आम पाठकलाई सुपाच्छ यो कृती अर्को कुरा कविताले कुनै वाद धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो पीडालाई छाम्नु हो कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ  
गहकिलो समस्या परदेशीहरुलाई परदेशमा 
प्रतिकूल समय फर्कनलाइ आफ्नो देशमा 
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर 
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय परिवारीक दु: थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता बेरोजगारी सधैं प्रतिकुल रहन्छ त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन भोगाईको अभिब्याक्ती पनि हो कविता कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु एउटा कविता यस कृतिभित्र जो प्रेममा आधारित  
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा 
कैयौं दुःखी रातहरु गुजारी रहेको छु 
हाम्रो भावि सुख मिलनको पर्खाईमा
सयौं बाधा अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट
. . . यो प्रेमा पीडा परदेशीको हो कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ  
छोडेको थिएँ सोल्टिनीलाई 
 चिठी पत्रमा भेट्दै गरौंला भनी 
ती क्षणहरु युगमा बदलि सके 
भन्छन्
जेठी, माईली साईंली हुंदै 
मेरी कान्छी सोल्टिनीले पनि 
आफ्नो घरबार जोडिसकिन् रे 
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . . 
जागा जागा बत्ति सडकहरु 
जागै रहन्छ शहर चारै प्रहर 
भिडमाथि भिड थपिँदै थपिँदै 
असिमित हुँदैछ शहरको रहर 
कसैलाई रमाईलो 
कसैलाई, सही नसक्नुको  
यो न्यू योर्क शहरको रहर. . . 

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु