< गजल >
अतित
लिङ्देन ( सुब्बा )
चिनेकै
छ संसारले गोर्खालीका
हीत हरु ।
मेट्ने
छैन इतिहास सहिदका
जीत हरु ।।
अमरछ
हामी सामु कथा
अनि कविता त्यो।
भुल्नु
हुन्न हामी कैले
देश भक्ति गीत
हरु।।
सजिएर
सान देउ ढाका
टोपी चौबन्दीको ।
आफ्नै
छन् परम्परा संस्कृती
र रीत हरु
।।
एउटै
छ नाता हाम्रो
हिमाल र तराईको
।
छुट्ने
छैन कैले पनि
, अजम्बरी मीत हरु
।।
आँखा
बाट झरे आँशु
थापी देउ अन्जुलीमा।
छल्किएर
पोखी जाला बिहानीको
शीत हरु।।
अतित
लिङ्देन ( सुब्बा )
झापा
No comments:
Post a Comment