लघुकथा
लेख्नु, मेट्नु, चकको
धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै आंैलाहरू चक भइसक्छ
। हिउँ परेझैँ
चकको धुलो कपालमा
खस्तै जान्छ ।
चैतको हुरीले उडाएको
धुलोझैँ चेहरामा चक टाँसिदै
जान्छ । चकको
धुलोले पुरिएको चेहराभित्र एक
जोर आँखा श्रेणीको
चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा
रोकिन्छन् । लेखिएका
अक्षरहरू मेटिन्छन्, एक हातमा
डस्टर अर्को हातमा
चक, ऊ कराइरहेको
हुन्छ, अझ ठूलो
स्वरमा, ठूलो स्वरमा
कराइरहेको हुन्छ ।
यो संसार हो,
सानो संसार प्रत्येक
हरेकको हुन्छ । यो
संसारलमई मधुर,
रमणीय र
भव्य बनाउने प्रत्येकको
कल्पना हुन्छ । हिउँ
पग्लिदै जान्छ तर हिमालमा
हिउँ खाली नभएझैँ
जीवन कल्पनाशून्य हुन
सक्दैन । हिउँले
पग्लेर पानी हुनै
पर्छ । जीवनको
सुन्दरता सम्झना हो,
सम्झना
सधैं बाँचिरहेको हुन्छ
। त्यो मानिस
सबैभन्दा ठूलो मानिस
हो,
जसलाई धेरै
मानिसहरू सम्झन्छन् ।ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू
मेटिन्छन् । कसले
कल्पना गर्न सक्छ—
केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू
थिए । चक
पनि जीवनजस्तै हो,
सिङ्गो चक चेतनामा
जीवित अर्थलाई यथार्थमा
सजीवता दिन ब्लाकबोर्डमा
घस्रिदाघस्रिदै छोटो हुन्छ
। ज्यादै छोटो
भएर लेख्न अप्ठ्यारो
भएको टुक्रालाई मायालाग्दो
दृष्टिले हेर्छ,
मानौं त्यो
धीत नमरीकनै फ्याँक्नुपरेको
चुरोटको ठुटो हो
। ऊ चकको
टुक्रालाई फ्याँक्छ तर उसलाइृ
लाग्छ ऊ आफै
पनि त्यो चकको
टुक्राझैँ फ्याँकिएको छ ।चक र उसले
आफ्नै जीवनको तुलना
गर्न खोज्छ—
केही
समानताहरू भएको महसुस
गर्छ । चक
जुन उद्देश्यको निम्ति
सृष्टि गरिएको हो,
त्यो
पूरा भइसकेको छ
तर उसको सृष्टि
कुन उद्देश्यको निम्ति
गरिएको हो,
ऊ
ठम्याउन सक्दैन । भविष्य,
केवल सिङ्गो भविष्यप्रति
आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो
सृष्टिको छाया हेर्न
खोज्दछ । ऊ
ब्लाकबोर्डमा उसैले लेखेको रेखाचित्र
हेर्छ,
ब्लाकबोर्ड,
चक र
डस्टर—
ऊ ठम्याउन
सक्तैन केका निम्ति
उसको अन्त भइरहेको
छ ?
कोठा,
बिद्यार्थीहरू,
झ्यालबाट
बाहिर देखिने हरिया
चउर,
रुखहरू उसले
बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन
भएर हेरिदिन्छ ।
बगैचामा माली लगनसित
पूm
लका बोटहरूलाई
स्याहारिरहेको छ,
गोडिरहेको
छ । पूm
ल सबैलाई
प्यारो छ,
तर
पूm
लसित गाँसिएको
गरिब मालीको श्रम
र पसिना पूm
लको सौन्दर्यले
ढाकिदिएको हुन्छ अनि पूm
लको बास्नामा
मालीको पसिनाको गन्धआयो भने
मानिसहरूलाई पूm
ल
राम्रो लाग्दो होला ?
श्रेणीको
एक छेउमा बिद्यार्थीहरूको
खासखुस कुराकानी गराइले उसलाई
श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ
। श्रेणी उसको
संसार हो,
अझ
उपयुक्त भाषामा उसको युद्धभूमि,
उसका हतियार चक,
डस्टर,
ब्लाकबोर्ड र आवाज
। बिद्यार्थीहरूको अज्ञानता
उसको दुस्मन,
बिद्यार्थीहरूलाई
बुझाउन सक्नु उसको विजय
। ऊ फेरि
पढाउन थाल्छ,
पढाउन
लाग्दा उसलाई अनुभव हुन्छ—
ऊ नेता हो,
हजारौँ मानिसहरूलाई आफ्नो विचारधारामा
हिडाउने प्रयत्नमा भाषण दिइरहेछ,
पिता हो आफ्ना
छोराछोरीलार्इृ ज्ञानका अर्तिहरू दिइरहेछ,
अभिनेता हो,
रङ्गमञ्चमा
उभिएको छ ।
पूर्णताको अनुभव उसलाई त्यसबेला
हुन्छ जुनबेला ऊ
श्रेणीमा उभिएको हुन्छ ।उसको हातमा चक
र डस्टर हुन्छ,
पछाडि ब्लाकबोर्ड र
अगाडि ध्यानपूर्वक सुनिरहेका
बिद्यार्थीहरू,
ऊ पीडापूर्ण,
अभावग्रस्त यथार्थ संसारभन्दा हजारौ
कोस टाढा हुन्छ
।ँ
“
मलाई सरलाको जस्तै
फ्रक ल,
बुबा
।”
“
मलाई नीलो प्यान्ट
।”
“
त्यो डाक्टरले लेखिदिएको
औषधी ल्याउन नबिर्सनुहोला
नि ।”
फ्रक, प्यान्ट, औषधि,
अनन्त आवश्यकताहरू ।
सीमित र निश्चित
तलब, भौतिकवादी विश्वमा
हरेक चीजलाई ठोस
रूप दिन सक्नुपर्ने
। आफ्नो जहानपरिवारलाई
माया गर्दछ, त्यो
मायालाई फ्रक, प्यान्टमा परिणत
गर्न सक्नुपर्ने ।
घर फर्कदा रोगी
श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा
चिया पाक्ने कुरै
उठेन, सुर्ती तमाखु
ल्याएदिएन भनेर बूढो
बाबु उस्तै ठुस्किएको,
केटाकेटीको कुरै गर्नु
परेन । पढाउनेको
छोरो पढ्नै नसक्ने
हो कि ? बुझेर
पनि बुझ्पचाउनुपर्ने, जानेर
पनि नजान्नुपर्नेछ उसको
यथार्थ संसार ।
ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले
मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा
लेख्न सक्छ अनि
मेट्न सक्छ तर
आफ्नो निधारमा लेखिएको
भाग्यलाई मेट्न सक्दैन ।
श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई
सरसरती हेर्छ— मानौं ऊ त्यहाँ
हराएको आफ्नो अस्तित्व खोजिरहेछ
। कोही बिद्यार्थी
नोट टिप्न तल्लीन
छन् भने कोही
झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका
युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ
बढी आकर्षण गर्न
अझ साह्रो कराउँछ,
कराउने बानी भइसकेको
छ, भटभटाउनु र
बरबराउनु । ऊ
बौलाहाझैँ बरबराइरहेको छ । झरनाझैँ ऊ आफैले
बोलेको आफै बुझ्न
सक्तैन कि झैँ
गरेर । हाँसोको
लहर फुट्छ सम्पूर्ण
श्रेणीभरि, उसले आफूलाई
जोकर अनुभव गर्छ
। सतर्क हुन्छ—
ऊ साँच्चै बौलाहा
त रहेको छैन
। ऊ आफ्नो
विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू
दिदै जान्छ, भन्दै
जान्छ, कराउदै जान्छ ।
ऊ आफ्नो आवाजको
उच्चतम बिन्दुमा पुग्दा अनुभव
गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै
कराउनेमा फरक छैन,
छ भने दुईमा
एउटा कोठाभित्र कराउँछ
अर्को बीच बजारमा
।
बूढो शरीरमा कराउँदा
रगतको सञ्चार भएर
हो कि ऊ
आपूm
लाई तन्नेरी
अनुभव गर्न पुग्छ
। ऊ फेरि
आफ्नो बिद्यार्थीजीवनलाई सम्झन
पुग्छ,
बिद्यार्थीजीवनका उसका सहपाठीहरू
कोही मन्त्री भए,
काही डाक्टर,
प्रशासकीय
हाकिम,
ऊ भने
अझै बिद्यर्थीहरूकै माझ
बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको
बिद्यार्थीहरूसमेत हाकिम भएका छन्,
कैयौं तले अग्ला
घरहरूको मालिक भइसकेका छन्
तर उसको भने
उही अवस्था छ
।आज उसलाई बिद्यार्थीजीवनका
उसका आकाङ्क्षाहरूको सम्झना
आउँछ—
कति अकासिएका
उसका आकाङ्क्षाहरू थिए
। मुटु च्वास्स
दुख्छ तर अब
त मुटुको रोग
भइसकेको उसलाई मुटु दुख्नु
साधारणझैँ लाग्छ । झ्यालबाट
ऊ बाहिर हेर्छ,
आकाश धुम्मिएको छ—
पानी पर्ने सम्भावना
छ ।आफ्नो सम्पूर्ण बुद्धि,
तर्कशक्ति लगाएर ऊ आफ्नो
विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस
गर्छ । यदि
उसले त्यो विषयवस्तुलाई
बुझाउन सकेन भने
बिद्यार्थीहरूले फेरि कहिल्यै
बुझ्न सक्नेछैनन् वा
बुझ्ने समय पाउनेछैनन्
। श्रेणीका सम्पूर्ण
बिद्याथीहरूको भविष्य उसको परिश्रममा
भर पर्छ,
ऊ
उनीहरूको भविष्य निर्माण गरिरहेको
छ,
ज्ञानको बाटोतिर
तिनीहरूलाई बढाएर । उसले
बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै
उसले बुझेको सार
छ,
अन्यथा उसले
बुझेको कुनै प्रयोजन
छैन—
उसलाई यो
राम्ररी थाहा छ
। ऊ कराउदै
जान्छ,
उसको घाँटीका
नसाहरूसमेत फुल्दै जान्छन् ।घन्टी बज्छ ।
सधैंझैँ चक र
हाजिरकापी हातमा चयापेर ऊ
श्रेणीबाट बाहिर निस्कन्छ ।
उसलाई अनुभव हुन
थाल्छ,
उसको घाँटी
सुकिरहेको छ—
पानी
खान्छ । ऊ आफ्ना पुराना केही
किताबहरू च्यापेर घरतिर छिटोछिटो
लाग्छ । पानी
पर्ने सम्भावना छ
तसर्थ सब मानिसहरू
छिटोछिटो हिँडिरहेका हुन्छन् ।
तर जब उसलाई
देख्छन्,
सडकमा मानिसहरू मुसुमुसु
हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ,
केही खराबी त
छैन ?
कोट जुत्ताभरि
चकको घुलैधुलो छ,
टकटकाउँट,
सितिमिति कहाँ चकको
धुलो झर्ने हो
र !
ऊ सम्झन्छ
फ्रक,
पेन्ट र
औषधी,
गोजी छाम्छ
रित्तो छ,
उसले
रित्तै फर्कनुपर्ने हो,
रित्तै
फर्कन्छ ।उसलाई लाग्छ अझै
मानिसहरू उसलाई हेरेर हाँसिरहेका
हुन्छन्—
मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी
चकले लेखिएको ऊ
एउटा हाँसो उठ्दो
कार्टुन हो वा
ऊ सिङ्गो ब्लाकबोर्ड
हो जसमाथि थुप्रै
हाँसो उठ्ने ब्यङ्गचित्र
कोरिएको छ,
जसलाई
देख्दा जो पनि
हाँस्छ,
ऊ ब्लाकबोर्ड,
चक र डस्टर...
मानिसहरूको कठोर आँखाबाट
लुक्न ऊ अझ
छिटोछिटो लम्कन्छ ।
No comments:
Post a Comment