Thursday, November 1, 2012

ठानेको छु ।


गजल
बिआरटि नेपाल
सबैलाई मैले आफुजस्तै ठानेको छु ।
फुलाई पनि मैले साझा मानेको छु ।

ढटेछले माथि माथि जान पाईन्छ रे
सन्चो बोली धरतिमै बस्न जानेको छु ।
 
तिम्रो गन्तब्य मा ठुलो भिर देखेपछी,
 तिमीलाई मैले आफुतिरै तानेको छु,
  
  देश जब भगवान्डा, अन्शबन्डा लाग्यो,
मैले भने आमालाई मात्र छानेको छु ।
  
नाङो रुखमुनी यहाँ बसेका छन सबै,
फल खान मैले पनि ढुङ्गा हानेको छु ।
  
फ्याकेपछी इश्वरिय महिमाको पोको,
मान्छे जस्तो मनु; को नै बिडो धानेको छु ।

No comments:

Post a Comment

सल्लाह सुझावको अपेक्षा राख्दछु