यज्ञ प्रसाद
गिरी
आनन्दबस्ती , ईमाडोल-९ 'घ'
ललितपुर, नेपाल
|
सबै धोक्नेहरुको भट्टीमै
जलपान हुन्छ ।
(१)
दल जुन भए’नी, नाराका ब्यापारी सबै;
...
कमिसनको सेरोफेरोमा चिनजान हुन्छ ।(१)
दल जुन भए’नी, नाराका ब्यापारी सबै;
...
(२)
झोलामा खोलासम्म बोक्न पछी पर्दैनन्;
कसैको झोलामा त निगमको विमान हुन्छ।
(३)
संविधानको नाममा ,जति माला जपे पनि ;
आँखिरमा यिन्को, सत्तामै तानातान हुन्छ ।
(४)
बुझ्नै नसक्ने सवाल खडा भएको छ हजुर;
किन यो समाजमा भष्ट्रहरुकै सम्मान हुन्छ ।
(५)
दिक्क लाग्छ आजभोलि त टीभी हेर्दा पनि ;
नालायकहरुकै खबरमा साँझ र बिहान हुन्छ ।
गजल २
कहाँ पुग्यो
राष्ट्र निर्माणको अभियान, किन
बोल्दैनौ ?
कति बढ्यो नेपाल र नेपालीको शान, किन बोल्दैनौ ?
(१)
...
तिम्रा नारा,प्रतिबद्धता र चर्का स्वर, कता बिलाए ;कति बढ्यो नेपाल र नेपालीको शान, किन बोल्दैनौ ?
(१)
...
जनता ब्यग्र छन देख्न देशको ऊत्थान, किन बोल्दैनौ ?
(२)
सिमाना लुछ्दै छन बिदेशी ब्वाँसाहरुले , मनपरी ढंगले ;
ऊखेल्दै छन तिम्रै आगाडी दशगजा, निशान किन बोल्दैनौ ?
(३)
देखिन्छौ ब्यस्त सधै छिना-झपटीमा, सबै बिर्सेर कुर्सीको ;
खनी रहेछौ जनताको सपनाको, चिहान किन बोल्दैनौ ?
(४)
फस्यौ कि बिदेशीको बल्छिमा सजिलै, लोभीएर माछाझै ;
कहाँ पसारिन पुग्यो तिम्रो क्रान्तिको ऊठान, किन बोल्दैनौ ?
(५)
लथालिग्ङ छ राष्ट्र र राष्ट्रियता काकाकुल, बनी सके जनता;
चुपचाप के हेरेर बस्दैछौ, यो देशका जवान, किन बोल्दैनौ ?
No comments:
Post a Comment