रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज
चितवन
|
आँगनिको डिलमा
यो साल सयपत्री
फुल्दै होलान
गैँरी खेतमा धानका
बाला लहलह झुल्दै
होलान ।
आलो पालो
मेला पर्म गाउँमै
कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।
आउनै लाग्यो
बर्ष दिनको दशैँ
तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।
पोहर साल
त त्यस्तै भयो
अर्को चोटी आउँछु
भन्थे
यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान ।
यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान ।
No comments:
Post a Comment