सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Monday, November 5, 2012

सयपत्री फुल्दै होलान..

रामकृष्ण पौडेल "अनयास"

भरतपुर-13, गजलकुन्ज
चितवन
आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।

पोहर साल त त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे
यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान ।

No comments:

Post a Comment