सम्पर्क /पत्राचार

▼

अनयासका पानाहरु गजल संग्रह

▼

Monday, November 5, 2012

धुर्तहरुको..

      यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ईमाडोल-९ 'घ'
      ललितपुर, नेपाल 
धुर्तहरुको धर्तहरुसंगै चिनजान हुन्छ ;
सबै धोक्नेहरुको भट्टीमै जलपान हुन्छ ।
(१)
दल जुन भए’नी, नाराका ब्यापारी सबै;
...
कमिसनको सेरोफेरोमा चिनजान हुन्छ ।
(
२)
झोलामा खोलासम्म बोक्न पछी पर्दैनन्;
कसैको झोलामा त निगमको विमान हुन्छ।
(
३)
संविधानको नाममा ,जति माला जपे पनि ;
आँखिरमा यिन्को, सत्तामै तानातान हुन्छ ।
(
४)
बुझ्नै नसक्ने सवाल खडा भएको छ हजुर;
किन यो समाजमा भष्ट्रहरुकै सम्मान हुन्छ ।
(
५)
दिक्क लाग्छ आजभोलि त टीभी हेर्दा पनि ;
नालायकहरुकै खबरमा साँझ र बिहान हुन्छ ।

गजल २ 

कहाँ पुग्यो राष्ट्र निर्माणको अभियान, किन बोल्दैनौ ?
कति बढ्यो नेपाल र नेपालीको शान, किन बोल्दैनौ ?
(१)
...
तिम्रा नारा,प्रतिबद्धता र चर्का स्वर, कता बिलाए ;
जनता ब्यग्र छन देख्न देशको ऊत्थान, किन बोल्दैनौ ?
(
२)
सिमाना लुछ्दै छन बिदेशी ब्वाँसाहरुले , मनपरी ढंगले ;
ऊखेल्दै छन तिम्रै आगाडी दशगजा, निशान किन बोल्दैनौ ?
(
३)
देखिन्छौ ब्यस्त सधै छिना-झपटीमा, सबै बिर्सेर कुर्सीको ;
खनी रहेछौ जनताको सपनाको, चिहान किन बोल्दैनौ ?
(
४)
फस्यौ कि बिदेशीको बल्छिमा सजिलै, लोभीएर माछाझै ;
कहाँ पसारिन पुग्यो तिम्रो क्रान्तिको ऊठान, किन बोल्दैनौ ?
(
५)
लथालिग्ङ छ राष्ट्र र राष्ट्रियता काकाकुल, बनी सके जनता;
चुपचाप के हेरेर बस्दैछौ, यो देशका जवान, किन बोल्दैनौ ?

No comments:

Post a Comment