Thursday, January 2, 2025

गजल

 

मन छ मुटु छ धड्कन हराएपछी

एक्कासी प्रेमिका हराईन धन हराएपछी

 

मैले आफैलाई हेरेर  मन  बुझाउदै  छु

बाँच्नु त आखिर पर्दो रहेछ जीवन हराएपछी ।

 

यो आँखा  यति धेरै किन उदास  देखिन्छ   ?

खै महोदय, उत्तर के दिउ कारण हराएपछी ।

 

 मान्छेले  गुन बिर्सन्छ नाता अनि खुन  बिर्सन्छ

बुढा बाआमालाई आश्रम छाड्छन् संवेदन हराएपछी

Sunday, January 9, 2022

थोत्रो साईकल

 


रामकृष्ण अनायास

 

हिजो थोत्रो साईकलमा

थोत्रै साईकलकै घन्टी बजाउदै

हिडेको राम बाहादुर

आज

गरिबको सपना उडाउदै

रातो कारमा बेगले  हुईकिन्छ

 

कठै मेरा बा को चप्पल फाट्यो

गाँस काटियो, बास नै फुस्कियो

र त आज उ नेता बनेको छ

 

एक मुठी भटमासले पेट अघाएकी मनमाया

आफ्नो छातीको दुइवटा दुध चुसाउदै सन्तानको

पेट भर्दा सम्म

हिजो उही थोत्रो साईकलमा यहि गाउँ चार्ने

राम बहादुर आज सम्म अघाएन

 

उ अर्थात राम बहादुर कहिल्यै चाहदैन

गरिब ले सपना देखुन

त्यसैले त कहिल्यै निदाउनै दिएन

कलिलो हातमा आश्वासनको झण्डा थमाइदियो

अनि भोक बिर्साउन बारम्बार उखान सुनाइरह्यो

 

घाम उ त्यो डाँडामाथि पुग्दै गर्दा

म सधै भोलि कति बेला बिहान हुन्छ भन्छु

मेरा प्वाल परेका सबै सपनाका छानोहरु बाट

बारम्बार गरिबिले घोचि रहदा निकै पिंडा हुन्छ

 

हरक रात मेरा आँखाहरुले गाला भिजाउदै

बाध्यता र बिवसतामा पौडिदै दौडिएका

आँसुमा खेल्ने बानि परेको राम बहादुर

एका बिहानै गरिबले देखेको सपनाको बहाल

उठाउदै टुप्लुक्क आइपुग्छ

 

बिचरा कैयौ सपनाको मलामी बनेका मनहरु

गाँठो पार्दै भक्कानिदै भगवान् सम्झिन्छन्

अनि आशाको दियो बाल्दै भोको पेटले

चदाएको एक सुका

राम बहादुर अझै मन्दिर बनाएर पैसा कमाउने दाउ सोच्दै छ

 

कविडाँडा,कैलासनगर

भरतपुर चितवन

 

 

 

  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Friday, October 12, 2018

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै

गजल
आमाले फोनमा भनेकी थिईन आउछस् आउदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टि पाउछस् पाउदैनस्

चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
'बा'ले भन्दै थिए यसपाली टिका लाउछस् लाउदैनस्

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै
बैनीले भनेकी छ मोवाइल पठाउछस् पठाउदैनस्

तोते बोल्न सिक्दै गरेकी छोरि अनि श्रीमती छाडेर
साथि सम्झाउदै भन्छ खोइ दिन कटाउछस् कटाउदैनस्

रामकृष्ण अनायास

Monday, August 20, 2018

पथ्थर कुदेर भगवान बनायो

गजल
जसले पथ्थर कुदेर भगवान बनायो
उसैलाई मन्दिरमा प्रतिबन्ध लगायो

हिजो आज जुन चुलोमा आगो बल्नै छाड्यो
बिचरा सरकार त्यसैको धेरै कर बढायो

गरिबको भोटले सिंहदरबार पसेको नेता
गाउँमा बस्ती खाली गर्ने समाचार पठायो

यहाँ कुर्चीमै बसेकाहरु सँग डर छ आज
अपराधि कारागार बस्नु पर्ने कानुन हटायो

देश बनाउछु भनेर डिग्री सकेको छोरो
कठै आज खाडीबाट भिसा मगायो
रामकृष्ण अनायास

भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

गजल
जव खुशीका रंगहरु मलिन लाग्छन्
एकाएक दुखहरु पनि यकीन लाग्छन्

मन्दिर बाहिर भोकै मरेको बालक देख्दा
भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

थाहै थिएन यादले मुटु कमजोर हुन्छ भन्ने
दिलको चोट सहन कति कठिन लाग्छन्

समयले निर्धो लाइ सधै हराएको देख्छु
यो सबै योजना ईश्वरकै अधिन लाग्छन्
रामकृष्ण अनायास

बा आमाको नाममा मन्दिर बनाउछु

गजल

जव सरकार महंगी र कर बढाईदिन्छ
गरिबले के तिरुन अनि बस्ती हटाई दिन्छ

बिरामी भएर अस्पताल गएका छिमेकि
बिल तिर्न सकेनन् मृगौला राखी पठाई दिन्छ

बा को हलो कोदालो बेचेर पढेको छोरो
आज जागिर नपाएपछि डिग्री जलाई दिन्छ

भन्थ्यो बा आमाको नाममा मन्दिर बनाउछु
मुर्ति हटायो फोटो टाँसेर फूल चढाई दिन्छ
रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु