गजलजव खुशीका रंगहरु मलिन लाग्छन्
एकाएक दुखहरु पनि यकीन लाग्छन्
मन्दिर बाहिर भोकै मरेको बालक देख्दा
भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्
थाहै थिएन यादले मुटु कमजोर हुन्छ भन्ने
दिलको चोट सहन कति कठिन लाग्छन्
समयले निर्धो लाइ सधै हराएको देख्छु
यो सबै योजना ईश्वरकै अधिन लाग्छन्
रामकृष्ण अनायास
No comments:
Post a Comment