Friday, October 12, 2018

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै

गजल
आमाले फोनमा भनेकी थिईन आउछस् आउदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टि पाउछस् पाउदैनस्

चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
'बा'ले भन्दै थिए यसपाली टिका लाउछस् लाउदैनस्

परदेशको चर्को घाम घरको यादले पोल्दा पोल्दै
बैनीले भनेकी छ मोवाइल पठाउछस् पठाउदैनस्

तोते बोल्न सिक्दै गरेकी छोरि अनि श्रीमती छाडेर
साथि सम्झाउदै भन्छ खोइ दिन कटाउछस् कटाउदैनस्

रामकृष्ण अनायास

Monday, August 20, 2018

पथ्थर कुदेर भगवान बनायो

गजल
जसले पथ्थर कुदेर भगवान बनायो
उसैलाई मन्दिरमा प्रतिबन्ध लगायो

हिजो आज जुन चुलोमा आगो बल्नै छाड्यो
बिचरा सरकार त्यसैको धेरै कर बढायो

गरिबको भोटले सिंहदरबार पसेको नेता
गाउँमा बस्ती खाली गर्ने समाचार पठायो

यहाँ कुर्चीमै बसेकाहरु सँग डर छ आज
अपराधि कारागार बस्नु पर्ने कानुन हटायो

देश बनाउछु भनेर डिग्री सकेको छोरो
कठै आज खाडीबाट भिसा मगायो
रामकृष्ण अनायास

भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

गज
जव खुशीका रंगहरु मलिन लाग्छन्
एकाएक दुखहरु पनि यकीन लाग्छन्

मन्दिर बाहिर भोकै मरेको बालक देख्दा
भगवानका मुर्तिहरु मुल्यहिन लाग्छन्

थाहै थिएन यादले मुटु कमजोर हुन्छ भन्ने
दिलको चोट सहन कति कठिन लाग्छन्

समयले निर्धो लाइ सधै हराएको देख्छु
यो सबै योजना ईश्वरकै अधिन लाग्छन्
रामकृष्ण अनायास

बा आमाको नाममा मन्दिर बनाउछु

गजल

व सरकार महंगी र कर बढाईदिन्छ
गरिबले के तिरुन अनि बस्ती हटाई दिन्छ

बिरामी भएर अस्पताल गएका छिमेकि
बिल तिर्न सकेनन् मृगौला राखी पठाई दिन्छ

बा को हलो कोदालो बेचेर पढेको छोरो
आज जागिर नपाएपछि डिग्री जलाई दिन्छ

भन्थ्यो बा आमाको नाममा मन्दिर बनाउछु
मुर्ति हटायो फोटो टाँसेर फूल चढाई दिन्छ
रामकृष्ण अनायास

Saturday, February 3, 2018

उनि गए पछि


आज पनि उत्तिकै संझिरहेको छु
उनि गए पछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरु
टुटेन कहिल्यै बिस्वासका ताराहरु
हामीले छोएको त्यो नदीको पानि
कैयौ संसार घुम्यो होला
त्यो भन्दा बढी घुमेको
तिम्रो स्मृति, मेरो आँखामा
आज पनि उत्तिनै साक्षि छन्
म नगएको कुनै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमि र म भाँडाकुटी खेल्दा
सपनाहरु बुनेका थियौ
अनि कति पटक त तिम्रो सिउदो
बालुवाले भोरेको थिए
हो त्यहि बगर साक्षि छ
सोध नदि सँग
जहाँ मेरा आँसुहरु मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिर सँगै सोध्थ्यौ
‘के हामि पनि माया लाइ यसै गरि
सागर सम्म पुर्याउन सक्छौ’?
आज सपना जस्तै लाग्छ होला तिमीलाई
जव क्षितिजमा घामहरु डुब्दै जान्थे
आकास बाट जुन अनि ताराले जिस्क्याउथ्यो
अनि हामि भित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनि भित्र रहेका हिमाल पहाड
झरना छाँगा र छहरा सँग
मस्त खेलिरहन्थे
साक्षि छ त्यहि रात जुन रात हामि मातिएका थियौ
पोखिएका थियौ
आज त्यस्ता कैयौ रातहरु
एक्लै,एक्लै मारिसके
हामीले छोएको नदि सागर बनि सक्दा पनि
जुनले कैयौ रात पर्खिदा पनि
त्यहि घाम उदाउने
क्षितिजमा बुढो
रुख जस्तै भै
जहाँ बाट बिलाएकि थिइन्
त्यही उनको प्रतिक्षामा
बसिरहेको छु/

-रामकृष्ण अनायास,कविडाँडा

इज्जत लुटिएका बालिक हरुको

सदियौ देखि हुकुम चलिआएको छ मालिक हरुको
समाचार सधै बन्छ इज्जत लुटिएका बालिक हरुको
तर अन्याय सधै देखिरहने पनि मौन छन् आज
के काम हरदिन चोकमा उभिरहने सालिक हरुको


रामकृष्ण अनायास

सल्लाह सुझावको अपेक्षा राख्दछु