सपनिमा चन्द्र सुर्य ढलेको देखेँ
आफ्नै देश आज आखिर जलेको देखे ।बुद्ध बेचे मेचि कोशि तराई टुक्रा पारौ भन्दा
भागबन्डा नमिलेसि आगो बलेको देखेँ ।
लुछाचुडी बन्द जामले अर्थतन्त्र सुक्न लाग्दा
नेपाल भित्र बिदेशीको झन्डा गडेको देखेँ ।
छट्पटाउँछु तड्पीन्छु लुटीएको देख्दा खेरि
मातृभुमि नेपाल आमा मैले गलेको देखेँ ।
गजलकुन्ज ,चितवन
रामकृष्ण अनयास
No comments:
Post a Comment