गजल
तिर्खाएको तिम्रो प्यासको पानि बन्छु भन्थ्यौ
संसार देख्ने त्यो आँखाको नानि बन्छु भन्थ्यौ ।
पबित्र छ मुटु मेरो नारायणिको जल जस्तै
त्यसैले त चोखो मनको खानि बन्छु भन्थ्यौ ।
उमेर बैंश जोवन मेरो बढ्दै गएपनि
त्यो दिलमा अटाउने सानि बन्छु भन्थ्यौ ।
ईमान्दार छु जे भने नि सबै मान्छु भन्दै
साँच्चै अब सबै भन्दा ज्ञानि बन्छु भन्थ्यौ ।
दैब पनि हार खाओस् हाम्रो जोडी देख्दा
तिमि बन राजा आखिर रानी बन्छु भन्थ्यौ ।
रामकृष्ण पौडेल अनयास
गजलकुन्ज,चितवन
No comments:
Post a Comment