Thursday, June 8, 2017
मुक्तक
#
मैले बाबा को ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
बर्षौ देखिको अध्यारोलाई चिर्नु थियो
#
म तिमिलाई जीताउन कैयौ पटक हारिसके
मैले अचेल जीत्ने अभिलाषा छाडिसके
तिम्रो हरेक ईच्छा पुरा गर्न तत्पर छु सधै
त्यसैले त मेरा सारा चाहानाहरू मारीसके
#
सदियौ देखि हुकुम चलिआएको छ मालिक हरूको
कठै !आँखा अगाडि ईज्जत लुटेको हेर्नु छ बालिक हरूको
न्याय अन्याय सधै हेरिरहने पनि मौन छ आज
के काम हरदिन चोकमा उभिरहने शालिक हरूको
मैले बाबा को ऋण तिर्नु थियो
त्यसैले म परदेश छिर्नु थियो
कुनै दिन फर्किएर आफ्नै देशको
बर्षौ देखिको अध्यारोलाई चिर्नु थियो
#
म तिमिलाई जीताउन कैयौ पटक हारिसके
मैले अचेल जीत्ने अभिलाषा छाडिसके
तिम्रो हरेक ईच्छा पुरा गर्न तत्पर छु सधै
त्यसैले त मेरा सारा चाहानाहरू मारीसके
#
सदियौ देखि हुकुम चलिआएको छ मालिक हरूको
कठै !आँखा अगाडि ईज्जत लुटेको हेर्नु छ बालिक हरूको
न्याय अन्याय सधै हेरिरहने पनि मौन छ आज
के काम हरदिन चोकमा उभिरहने शालिक हरूको
रामकृष्ण अनायास
Sunday, April 23, 2017
गजल
सोच्नु पर्ने थियो गरिबलाई सपना देखाउनु अघि
वस्ति मा नआउ भन्दैथिए जन्ताले खेदाउनु अघि
कर्णालिमा पुगेको राहात बाटोमै बेपत्ता हुदा
नेताको घरघरमा पुग्छ जन्ताले पाउनु अघि
पुस्तक नपाएर बिध्यालय जान नपाउदा यहाँ
आफ्नै नाम थाहाथिएन नागरिकतामा लेखाउनु अघि
बिचरा कैयौ छाक टारिसके बुढा बा आमाहरू
छोराछोरी सम्झिन्छन् आफ्नो भोक मेटाउनु अघि
वस्ति मा नआउ भन्दैथिए जन्ताले खेदाउनु अघि
कर्णालिमा पुगेको राहात बाटोमै बेपत्ता हुदा
नेताको घरघरमा पुग्छ जन्ताले पाउनु अघि
पुस्तक नपाएर बिध्यालय जान नपाउदा यहाँ
आफ्नै नाम थाहाथिएन नागरिकतामा लेखाउनु अघि
बिचरा कैयौ छाक टारिसके बुढा बा आमाहरू
छोराछोरी सम्झिन्छन् आफ्नो भोक मेटाउनु अघि
रामकृष्ण अनायास
गजल
गरिबको घर चुहिने छानो भाटा कहिल्यै फेरिएन
हिजो बावु आज नाति त्यै किताव, गाता कहिल्यै फेरिएन
आउछन् भोट माग्छन् जान्छन् जन्तालाई आशा देखाएर
रातारात महलमा पुग्छन् हाम्रो लुगाफाटा कहिल्यै फेरिएन
बिचरा जन्मेपछि त्यो बालक आमाको दुधमै बाँचेको छ
दिनभरि थकित बुढा बा को साँझमा आँट कहिल्यै फेरिएन्
सरकार नया बन्छ कैयौ पल्ट महल अनि गाडि फेरिन्छ
एउटा गरिव मर्दा सम्म गोरेटो बाटा कहिल्यै फेरिएन
रामकृष्ण अनायास
गजल
केहि बेरमा नजरहरू जुदाएर गईन
पुर्व बाट लालि छर्दै उदाएर गईन्
मन स्थिर थिएन केहि दिन देखि
चंगा जस्तै यो मन आज उडाएर गईन्
पागल जस्तै बनाईदियौ बाँच्नै गार्हो भयो
समिपैमा बसि के के सुँघाएर गईन्
मुनामदन बिर्सनेछन् भन्दै शिलालेखमा
हामि दुईको एउटै नाम कुदाएर गईन्
कैयौ रात उन्को यादमा तारा गन्दै बस्दा
आउछु भन्दै मेरो तस्बिर छुपाएर गईन्
रामकृष्ण अनयास
Subscribe to:
Posts (Atom)





